मंगलबार, असोज २१ २०८२

पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो, ६ जना गम्भीर घाइते


  • ककनी खबर
  • शनिबार, असोज १८ २०८२

काठमाडौँ । पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । कुम्मायक गाउँपालिका वडा नम्बर ३ कात्तिकेमा आज बिहान पौने ११ बजेतिर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । उनीहरुको पहिचान खुलेको छैन ।

गम्भीर घाइते ६ जनालाई उपचारका लागि धरान लगिएको छ । प्रहरीका अनुसार ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जीप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो । जीपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार