मंगलबार, असोज २१ २०८२

इलाममा पहिरोमा पुरिएर १८ जनाको ज्यान गयो


  • ककनी खबर
  • आइतबार, असोज १९ २०८२

काठमाडौँ । इलामका विभिन्न ठाउँमा पहिरोमा परी १८ जनाको ज्यान गएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार माङसेबुङ, सूर्योदय, देउमाई, फाकफोकथुम र इलाम नगरपालिकामा पहिरोका कारण जनधनको क्षति भएको हो ।

माङसेबुङ गाउँपालिकामा अरु दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि लैजाने तयारी भए पनि खराब मौसम र पानी परिरहेकोले हेलिकप्टर जान समस्या भएकोे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना, सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र त्यही नगरपालिकाको धुसुनेमा २ जना तथा फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको ज्यान गएको छ ।

उद्धार तथा राहतको कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार