
काठमाडौँ । अविरल वर्षा सँगै आएको बाढि तथा बहिरोमा परि इलाममा अहिलेसम्म जम्मा ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् ।
भारतको दार्जिलिङमा पहिरोमा परेर सूर्योदय नगरपालिका वडा न ९ को ३३ वर्षे सत्मा लामाको ज्यान गएको छ । उहाँ दशैँ मनाउन माइत मिरिक गएको बेला पहिरोमा पर्नु भएको हो । यो सँगै हालसम्म इलामका ३७ जनाले पहिरोमा परि ज्यान गुमाएकाे प्रहरीले पुष्टि गरेको छ ।
इलाम जिल्ला प्रशासनको आधिकारिक प्रारम्भिक विवरणअनुसार सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङमा ५ जना र वडा न ९ को १ जना भारत मिरिकमा सहित सूर्योदयनगरपालिकामा ६ जनाको ज्यान गएको छ । इलाम नगरपालिका वडा नम्बर ६ घोसमा ६ जनाको मृत्यु, बालनगाउँमा १ बेपत्ता भएका छन् ।
यस्तै सन्दकपुर गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । माङ्सेबुङ गाउँपालिकामा ३ जनाको, देउमाई नगरपालिकामा ८ जनाको ज्यान गएको छ भने माइजोगमाई गाउँपालिकामा ८ को मृत्यु भएको तथा फाकफोकथुम गाउँपालिकामा १ को मृत्यु भएको हाल सम्मको विवरण रहेको इलामको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनु भएको छ ।
अहिले इलामा केही घाइतेको नेपाली सेनाको हेलिकप्टरबाटै उद्धार गरिएको छ भने अधिकांश सडकहरू अवरुद्ध भएका छन् कति पुलहरू बगाएका छन् । धेरै घरबार विहीन भएका छन् कतिको पशुचौपाय पहिरोले पुरेको छ । इलामको जनजीवन अस्तव्यस्त रहेको छ ।