मंगलबार, असोज २१ २०८२

सन्दिप पाकिस्तान सुपर लिगमा पनि अनुबन्धित


  • ककनी खबर
  • मंगलबार, मंसिर ४ २०७५

मंसिर ४ , नेपाली क्रिकेट स्टार तथा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलन्दर्सको लागि अनुबन्धित भएका छन् । 

मंगलबार भएको पाकिस्तान सुपर लिगको ड्राफ्ट सूचीमा रहेका नेपालका सन्दीप लामिछानेलाई लाहोर क्वालान्दर्सले खरिद गरेको हो । विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको लागि कलन्दर्सले कम्तिमा ५० हजार अमेरिकी डलर पारिश्रमिकमा अनुबन्धित गरेको छ ।

आइपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगायत थुप्रै अन्तर्राष्टिय लिग खेलिसकेका सन्दीप चर्चित अस्ट्रेलियन क्रिकेट लिग बीग ब्यासमा समेत अनुबन्ध भइसकेका छन् ।

कुल ६ टिमको सहभागिता रहने पाकिस्तान सुपर लिग (पिएसएल) को चौथो संस्करण सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानमा हुनेछ जसको उद्घाटन खेल यूएर्इको दुबर्इमा हुनेछ भने फाइनल खेल पाकिस्तानको कराँचीमा हुनेछ। 

प्रतिक्रिया
सम्बन्धित समाचार