मंगलबार, असोज २१ २०८२

क्रोएसिया तथा रियल म्याड्रिडका स्टार लुका मोर्डीचलाई बालोन डी ‘ओर २०१८ को उपाधी


  • ककनी खबर
  • मंगलबार, मंसिर १८ २०७५

मंसिर १८ , क्रिस्टियानो रोनाल्डो र लियोनल मेसिको बर्चस्वलाई समाप्त पार्दै क्रोएसिया तथा रियल म्याड्रिडका स्टार लुका मोर्डीचले विश्व फुटबलको सबैभन्दा ठुलो पुरस्कार बालोन डी ‘ओर २०१८ को उपाधी हात पारेका छन । गएराती फ्रान्सको पेरिसमा सम्पन्न कार्यक्रममा पोर्चुगीच सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ३३ बर्षिय मोर्डीचले पहिलोपल्ट यो उपाधि हात परेका हुन् ।क्रोएसियालाई बिश्वकप २०१८ को फाईनलमा पुर्याउन र रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताउन उनको महत्वपूर्ण भूमिका रहेको थियो । सोहि कारण उनि विश्वकप २०१८ को उत्कृस्ट खेलाडी र पुरुष फिफा बर्ष खेलाडि २०१८ पनि घोषित भएका थिए ।

त्यस्तै महिला बालोन डि’ओर को उपाधी लियोन तथा नर्वेकि स्टाईकर अडा हेगरर्बर्गले हात पार्दा उत्क्रष्ठ युवा खेलाडीको उपाधी पीएसजी तथा फ्रान्सका खेलाडी केलियन एम्बापेले हात पारे। मोर्डीच र रोनाल्डो पछि तेश्रो स्थान फ्रान्स तथा एथलेटीको मेड्रिडका खेलाडि एनटोनी ग्रिजमन, चौथोमा फ्रान्स तथा पिएसजीका खेलाडी केलियन एम्बापे, पाचौमा बार्सिलोना तथा अर्जेण्टीनाका खेलाडी लियोनल मेसि, छैटोमा लिभरपुल तथा ईजिप्टका खेलाडी मोहमोद सलाह, सात्तौमा रियल म्याड्रिड तथा फ्रान्सका राफ़ाईल भेरान, आठौमा चेल्सी तथा बेल्जियमका खेलाडी ईडेन हाजार्ड, नवौमा म्यानचेस्टर सिटी तथा बेल्जियमका केभिन डी ब्र्युना र दसौमा टोटनह्याँम तथा ईङ्ग्याण्डका खेलाडी ह्यारी केन भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार