मंगलबार, असोज २१ २०८२

लिभरपुल र चेल्सी बिजयी, आर्सनल पराजित


  • ककनी खबर
  • आइतबार, पुष २९ २०७५

पौष २९, । ईङ्लिस प्रीमियर लिग फुटबल अन्तर्गत गएरातीको खेलमा लिभरपुल र चेल्सी बिजयी भएका छन् भने आर्सनल पराजित हुन पुगेको छ ।

प्रीमियर लिग लिडर लिभरपुलले ब्रीग्टन एन्ड होब अल्बियनलाई १-० को जित हात पार्यो । लिभरपुलको तर्फबाट मोहमद सलाहले पेनाल्टी मार्फत खेलको ५० औं मिनेटमा गोल गरेका थिए । जितसंगै लिभरपुलले दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी संग ७ अंकको अग्रता हालिस गरेको छ । त्यस्तै चेल्सीले न्युक्यासल युनाईटेडलाई २-१ ले पराजित गर्यो। चेल्सीको तर्फबाठ पेड्रो र विलियनले गोल गरेका थिए भने न्युक्यासल युनाईटेडको तर्फबाट काईरन क्लार्कले गोल गरेका थिए । जितसंगै चेल्सीले पाचौं स्थानको आर्सनलसंग ७ अंकको अग्रता हासिल गरेको छ ।

ठुला क्लबले जित हासिल गर्दा आर्सनल भने पराजित हुन पुगेको छ । आर्सनलले वेस्ट ह्याम युनाइटेडको हातबाट १-० को हार ब्योहोर्न पुग्यो ।वेस्ट ह्याम युनाइटेडको तर्फबाट रिपब्लिक आयरल्यान्डका १९ बर्षिय मिडफिल्डर डिक्लेन राईसले गोल गरेका थिए । हारसंगै आर्सनलको अर्को बर्ष च्याम्पियनस लिग खेल्ने योजनामा धक्का लाग्न पुगेको छ । आर्सनल चौथो स्थानको चेल्सी भन्दा ७ अंकले पछाडी छ ।

त्यस्तै अन्य खेलहरुमा साउथह्याम्टनले लेचेस्टर सिटीलाई २-१ ले,वाट्फोर्डले क्रिस्टल प्यालेसलाई २-१ ले,बर्निले फुल्ह्यामलाई २-१ ले पराजित गर्यो भने कार्डिफ सिटी र हुडर्स्फिल्ड टाउनले ०-० को बराबरी खेले । आज ईभर्टन र बओर्निमाउथ र टोटनह्याम र म्यान्चेस्टर युनाईटेड बिच खेल हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार