नामिबियामा जारी वल्र्ड क्रिकेट लिग डिभिजन टूमा नेपाली युवा बलर सन्दिप लामिछाने राम्रैसित चम्केका छन् ।
प्रतियोगिताका चार खेलमा उनले अहिलेसम्म १४ विकेट लिइसके । केन्याविरुद्धको पछिल्लो खेलमा सन्दिपले घातक बलिङ गरेका थिए । १० ओभर बलिङ गर्दै ५ मेडनका साथ २० रन दिएर ५ विकेट चट्काए ।
हालै मात्र इन्डियन प्रिमियर लिगको टिम दिल्ली डेयरडेभिल्समा लागि छनोट भएका स्पिनरमा गजबको आत्मविश्वास देखिएको छ ।
म्याचको लाइभ कभरेजको अभावमा नेपालीहरुले उनको बलिङ हेर्न पाएनन् । यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलले सो खेलमा सन्दिपको बलिङको केही झलक सार्वजनिक गरेको छ । उनको लेगस्पिन कसरी केन्याली ब्याट्सम्यानहरुले बुझ्न सकेनन् भन्ने भिडियोमा देखिन्छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार