आइतबार, जेष्ठ ६ २०८१

दुप्चेश्वर गाउँपालिकाले सुरु गर्यो विद्युतीय हाजिर प्रणाली


  • ककनी खबर
  • मंगलबार, जेष्ठ १ २०७५

१ जेठ नुवाकोट
दुप्चेश्वर गाउँपालिकाले आफ्नो क्षेत्रको १० वटा बिधालय र ७ वटा हेल्थपोस्टमा विद्युतीय हाजिर प्रणाली सूरु गरेको छ ।

विद्युतीय हाजिर प्रणाली सूरु गरेको बिधालयहरुमा रुक्मिणी मा.बि, बच्छला मा.बि, दुप्चेश्वर मा.बि, कौकेश्वरी मा.बि, गोल्फुभन्ज्याङ मा.बि., महादेव मा.बि, कल्याण मा.बि, सरस्वती मा.बि, बाल्कल्याण प्रा.बि, घ्याङफेदी मा.बि. छन् त्यस्तै हेल्थपोस्टहरुमा बेतिनी हेल्थपोस्ट, गाउँखर्क हेल्थपोस्ट, राउतबेशी हेल्थपोस्ट, बालकुमारी हेल्थपोस्ट, समुन्द्रटार हेल्थपोस्ट, शिखरबेशी हेल्थपोस्ट र घ्याङफेदी हेल्थपोस्ट हुन्।

सरकारी विद्यालय र हेल्थपोस्टमा कर्मचारीको नियमित उपस्थित नहुने गुनासो आएपछि त्यसको अन्त्य गर्न र यी क्षेत्रमा सुधार गर्न विद्युतीय हाजिर प्रणाली सुरु गरेको दुप्चेश्वरका अध्यक्ष योगेन्द्र सिंह तमाङले बताए।

शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कर्मचारीको अनियमिताले खेलवाड भइरहेको त्यसलाई अन्त्य गर्न विद्युतीय हाजिर प्रणाली सुरु गरेको साथै अब दुप्चेश्वरका सम्पूर्ण सरकारी कार्यलयमा बिस्तारै विद्युतीय हाजिर प्रणाली जडान गर्ने गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्यले जानकारी दिईन्।

प्रतिक्रिया
सम्बन्धित समाचार