बुधबार, बैशाख २६ २०८१

नुवाकोटमा संक्रमणदर घटेन, ४९ थप सङ्क्रमित


  • ककनी खबर
  • बिहिबार, असार ३१ २०७८

विदुर – बिहिबार मात्र पिसिआर परीक्षण २३ जना र एन्टीजेन २६ जनाको कोरोना परीक्षण गरिएकोमा कोरोना संक्रमणबाट जिल्लामा पुरुष २३ जनार र महिला १६ जनागरी कुल ४९ जना सङ्क्रमित थपिएको छ ।

दोस्रो भेरियन्ट यता संक्रमण रोकथाम कम गर्न जिल्लामा बैशाख २१ गते देखि पटकपटक फितलो व्यवस्थापनका साथ निषेधाज्ञा लम्बाईएको थियो । कोरोना भाइरसको संक्रमणबाट नुवाकोट जिल्लाभित्र मुत्यु हुनेको संख्या ३७ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका वरिष्ठ जनस्वास्थ्य अधिकृत सागर प्रसाद घिमिरेले जानकारी दिए । तथ्यांकअनुसार अस्पतालमा २८ जना, समुदायमा ६ जना र रिफर गरी अन्य जिल्लामा गएका ३ जनाको मृत्यु भएको छ।

नुवाकोटमा अहिलेसम्म ६ हजार ९४ जना सङ्क्रमित भएका छन् भने ५ हजार ४८५ जना निको भएका जानकारी दिए । जिल्लाभित्र सङ्क्रमण पुष्टि भएकामध्ये ३६ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने एक जना काठमाडौंमा उपचारमा मृत्यु भएको थियो । अहिले जिल्लामा ५७२ जना होम आइसुलेसनमा रहेका छन् । अस्पतालमा ३४, आईसोलेसन सेन्टर १७ र होम आईसोलेसनमा ५२१ जना उपचाररत छन् । हालसम्म जिल्लामा उपचार सम्भव नभएका २८ जनालाई जिल्ला बाहिर रिफर गरिएको उनले जानकारी दिए ।

कोरोना संक्रमणबाट विदुर नगरपालिका प्रभावित भएको छ । तथ्यांकअनुसार विदुरमा पुरुष १ हजार ४२२ र महिला ८६५ जना गरी कुल २ हजार २८७ जना सङ्क्रमित भएका थिए । अहिले समुदायमा पुरुष ११४ जना र महिला १०६ जना होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

अहिलेसम्म जिल्लामा पुरुष १४ हजार ४०६ जना र महिला ७ हजार २३३ जना गरि कुल २१ हजार ६३९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार