मंगलबार, बैशाख २५ २०८१

४३ स्वास्थ्य केन्द्रलाई स्वस्थ्य सामाग्री


  • ककनी खबर
  • बिहिबार, असार ३१ २०७८

नुवाकोट – एन्जिलिना शिवशक्ति ट्रस्टले बोधिसत्व बिहारद्वारा प्राप्त स्वास्थ्य सामाग्री नुवाकोट जिल्लाका ४३ वटा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

ट्रष्टका अध्यक्ष शिव अधिकारीले बेलकोटगढी नगरपालिका, विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, मेघाङ गाउँपालिका, ककनी गाउँपालिका, तादी गाउँपालिकाको स्वास्थ्य चौकी र तारकेश्वर गाउँपालिकास्थित दाङसिंह प्रहरी चौकी र वडा ४ को स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।

कोरोना संक्रमणको पछिल्लो अवस्था र त्यसले पार्न सक्ने स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै स्वास्थ सामाग्री प्रदान गरिएकाले कोरोना विरुद्धको लडाईमा यसले थप मदत गर्ने ट्रस्टका अध्यक्ष अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमणको दोस्रो लहर सुरुभएसँगै उनले नुवाकोटमा मास्क, सेनिटाइजर लगायतका अत्यावश्यक स्वास्थ सामाग्री बितरण सुरु गरेका थिए । कोरोना संक्रमणबाट नागरिकलाई बचाउने अभियानमा निरन्तर सहयोग र सहकार्य गर्ने बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी र कार्यक्रम संयोजक शान्त शर्माप्रति अधिकारीले विशेष आभार प्रकट गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार