मंगलबार, बैशाख २५ २०८१

बालकोटस्थित आफ्नै निवास फर्किए निवर्तमान प्रधानमन्त्री ओली


  • ककनी खबर
  • बुधबार, असार ३० २०७८

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास फर्केका छन् ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।

नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्नुभएपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाडेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार