आइतबार, जेष्ठ ६ २०८१

ककनी गाउँपालिका खुल्ला दिशामुक्त र पुर्ण खोप सुनिस्चितता गाउँपालिका घोषित


  • ककनी खबर
  • सोमबार, असार १८ २०७५

असार १८, ककनी खबर।
ककनी गाउँपालिकालाई खुला दिसामुक्त तथा पूर्ण खोप सुनिस्चितता गाउँपालिका घोषणा गरिएको छ।

१२ स्थानीय तह रहेको नुवाकोटमा ११ औं स्थानिय तहको रुपमा हिजो ककनी गाउँपालिकालाई एकैसाथ खुला दिसामुक्त तथा पूर्ण खोप सुनिस्चित गाउँपालिका घोषणा गर्नमा सफल भएको छ ।

पूर्व यूवा तथा खेलकुद मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननिय हितबहादुर तामाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा बिशेष अतिथिहरु क्रमशः प्रदेश सभा सदस्य माननिय बद्री मैनाली र जिसस प्रमुख शन्तमान तामाङ्ग रहनु भएको थियो । गाउँपालिका अध्यक्ष श्री मानबहादुर लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा खानेपानी सरसफाई डिभिजन प्रमुख मोहनलाल जैसी, बरिष्ठ जनस्वास्थ्य अधिकृत बिश्व अधिकारी लगायत बिभिन्न संघ, संस्था, नागरिक समाज, बिद्यालयका शिक्षक, बिद्यार्थी, पत्रकार आदीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार