आइतबार, जेष्ठ ६ २०८१

आज गुरु पुर्णिमा, गुरुलाई श्रद्धाभाव सहित देशभरी मनाईदै


  • ककनी खबर
  • शुक्रबार, साउन ११ २०७५

श्रावण ११,ककनी खबर।
आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । गुरुपूर्णिमाका अवसरमा नुवाकोट लगायत देशभर आज चेलाहरुले आफ्ना गुरुलाई सम्झदै छन् । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।

सहप्रा. माधवप्रसाद पाण्डेय ‘विद्यावारिधि’ का अनुसार जानौं गुरुको महत्व :

१.१ गुरुको अर्थ

वेदादिशास्त्रहरूको उपदेश गर्नेलाई गुरु भनिन्छ । निषेकादि संस्कार यथाविधि गर्ने र अन्नादिद्वारा पोषण गर्नेलाई गुरु भनिन्छ । यस परिभाषाअनुसार प्रथम गुरु माता–पिता हुन् भने द्वितीयगुरु पुरोहित, शिक्षक आदि हुन् । मन्त्रदाता गुरुको प्रसिद्धि छ नै । गुरुत्वका लागि वर्जित व्यक्तिहरूको पनि सूची पाइन्छ । त्यसैगरी गुरुको वर्ग विभाजन गरिएको सूची पनि लामै छ ।

ती सबै प्रकारका गुरुहरूको शिष्टाचार, आदर, सेवा गर्ने विधान छ । त्यसबाहेक उत्तम गुरुका लक्षण पनि उल्लिखित छन् । मन्त्रगुरुको पनि छुट्टै र थप लक्षण उल्लेख गरिएको पाइन्छ ।

त्यसबाहेक सामान्यतया द्विजजातिका गुरु अग्नि हुन् भने ब्राहृमणेतर वर्णहरूका गुरु ब्राहृमण हुन् र स्त्रीजातिका गुरु आआफ्ना पति हुन् । सबैका गुरु अतिथि हुन् । उपनयनपूर्वक आचार सिकाउने र वेदाध्ययन गराउने आचार्य नै यथार्थतः गुरु हो । गुरुको आशीर्वादद्वारा विकास र वृद्धि हुन्छ । गुरुको प्रतिष्ठा राजा या देवताभन्दा कम हुँदैन ।

१.२ गुरुमीमांसा

सजिलै बुझ्न नसकिने अविद्यै अविद्या भएको मायास्वरूप यो जगत् र शरीर अज्ञानबाट उत्पन्न भएको हो भन्ने वास्तविक ज्ञान र शरीरका सम्बन्धमा यथार्थ स्पष्ट पार्ने ज्ञानदातालाई गुरु भनिन्छ । ‘गु’ शब्दले अन्धकार वा अज्ञानलाई बुझाउँछ भने ‘रु’ शब्दले प्रकाश वा ज्ञानलाई बुझाउँछ । अज्ञानलाई नष्ट गर्ने ब्रहृमस्वरूप प्रकाश नै गुरु हो ।

गुकार अन्धकार हो, त्यसलाई नष्ट गर्ने रुकार प्रकाश हो । अज्ञानरूपी अन्धकार हटाएर ज्ञानरूपी प्रकाश फैलाइदिनेलाई गुरु भनिन्छ । ‘गु’कार अर्थात् गुणातीत गुणभन्दा टाढा वा अलग र ‘रु’ कार अर्थात् रूपविहीन, कुनै निश्चित स्वरूप नभएको गुण र रूपबाट अलग रहेको तŒवलाई गुरु भनिन्छ । गुरु शब्दमा प्रयुक्त पहिलो अक्षर गुकारले मायालगायतका गुणहरूलाई प्रकाशमय बनाउँछ भने दोस्रो अक्षर रुकार मायाको भ्रमबाट मुक्त गराउने परब्रहृम हो । तीन आँखारहित अर्थात् दुई आँखा भएका गुरु नै साक्षात् शिव हुन् । उनी दुई हात भएका भगवान् विष्णु हुन् । एक मुख भएका ब्रहृमा हुन् । वास्तविक गुरु पवित्र हुन्छन् । तिनको स्वभाव शान्त, सरल प्रवृmति, वाणीमा मधुरता, कामव्रmोधरहित, निर्मल, सदाचारी र संयमित हुन्छन् । यस्ता साधुपन र मितभाषी आदि गुणसम्पन्न व्यक्तित्व मात्र गुरुपदमा शोभायमान हुन्छन् ।

अज्ञानलाई हटाउने अर्थमा ‘गुरु’ शब्द बनेको छ । इन्द्रादि देवतालाई वेदशास्त्रहरूको ज्ञान गराउने उपदेशक नै गुरु हुन् । तन्त्रशास्त्रअनुसार ‘ग’ सिद्धिदायक, ‘र’ पापहरणकर्ता, ‘उ’ अव्यक्तविष्णुरूप गुरुलाई त्रिदेवभन्दा पर मानिएको छ । गुरुको उपदेश पाएर लगातार मनन, निदिध्यासन गर्दा आत्मज्ञान हुन्छ । उपदेशले मात्र आत्मज्ञान हुन्न र गुरुविना पनि आत्मज्ञान हुँदैन ।

शिष्यलाई आत्मज्ञान गराउन सक्ने नैै गुरु हुन् । गुरुप्रति अति श्रद्धा र विश्वास भएन भने ज्ञानलाभ हुन सक्दैन । जसले अज्ञानरूपी हृदयग्रन्थिबाट शिष्यलाई मुक्ति दिलाउँछ, उसैलाई योगीहरू गुरु मान्दछन् । आफू आत्मस्वरूप चैतन्यस्वरूप भैकन देह संघातमा आफूबुद्धि गर्छ, आफूलाई जन्मने, मर्ने, सुखी, दुःखी, रोगी, निरोगी, बूढो तन्नेरी आदि आगमापायीरूप, अवस्थाको बन्धनमा परेको ठान्छ, उही नै हृदयग्रन्थिको शिकार भएको हुन्छ । मनोविज्ञानले हीनताग्रन्थिको शिकार भएको हुन्छ । मनोविज्ञानले हीनताग्रन्थी र उच्चताग्रन्थीलाई बन्धन मानेको छ ।

भगवच्चिन्तनप्रति मानिस मन्द बुद्धि राख्दछ, ब्रहृम सत्य छ, जगन्मिथ्या हो, भन्छ मुखले, मुखले ज्ञानी छ, बुद्धिमान् छ, दर्शनशास्त्र तेस्र्याएर तर्क पनि गर्छ, तर आफैले जानेको र बोलेका वmुरामा आफै विश्वास गर्दैन, भगवत्प्रदत्त आफ्नै विवेकमाथि विश्वास गर्दैन, आफ्नै विवेकको आदर गर्दैन, विवेकदाता परमात्माको आवाज सुन्दैन, कदाचित् सुने पनि वास्ता गर्दैन, भगवान्प्रति वृmतज्ञ हुन सक्तैन, त्यसैले समाधानको बाटो खोज्दाखोज्दै समाधानको सट्टा थप समस्यामा उल्झिन पुग्छ र झन्झन् संसाररूपी समुद्रको भासमा भासिन पुग्छ ।

अतः यी सबै समस्याबाट सदाका लागि मुक्ति पाउन गुरुको शरण आवश्यक पर्छ । वmुमार अवस्थादेखि नै आचारविचार, सदाचार आदि सत्मार्गमा प्रवृत्त गराई शिष्यलाई प्राज्ञ तुल्याउनुमा गुरुको मुख्य भूमिका रहन्छ । त्यसैले यस्ता प्रकारका चित्तका रोगका उपचारक गुरु नै हुन् । गुरुले परमात्मा साक्षात्कारको मार्ग खोलिदिन्छन् र शिष्यको हृदयग्रन्थि छेदन हुन्छ । सम्पूर्ण संशयहरू नष्ट हुन्छन् । शिष्यको जन्म–मरणचव्रmका कारण संचित र आगामी कर्महरू समेत नष्ट हुन्छन् । तसर्थ जसले भगवत् प्राप्ति गराउँछ, ऊ नै गुरु हो, जसले उच्च कोटीका सन्त–महात्मासँग भेट गराउँछ, जसले सन्त महात्माको सेवा गर्ने अवसर जुराउँछ, जसले एकान्तवास गराउँछ, ऊ नै गुरु हो, अन्यथा गुरु, गुरु हुन सक्तैन । निर्गुण परमात्माले पनि सगुण गुरुका रूपमा आएर जिज्ञासु तथा मुमुक्षु मानिसको कल्याण गरिदिनुहुन्छ, अतः ईश्वर र गुरुमा भेददृष्टि राख्न हुँदैन । बेग्लाबेग्लै देखिए तापनि यी दुबै एकै हुन् । त्यसैले श्रोत्रीय ब्रहृमनिष्ठ गुरुको शरणमा जाँदा खाली हात जान हुँदैन ।

सहप्रा. माधवप्रसाद पाण्डेय ‘विद्यावारिधि’ बाट गुरुको महिमा बारे जानौं :
१.३ गुरुका प्रकार

गुरुका धेरै प्रकार बताइएको छ । तीमध्ये सूचक, वाचक, बोधक, निषिद्ध, विहित, कारण र सद्गुरु अर्थात् परम गुरु गरी यी ७ प्रकारका गुरुको उल्लेख पाइन्छ । बुद्धिमान् मनुष्यले आफैले विचार पु¥याएर तत्वनिष्ठगुरुको शरण लिनुपर्छ । उक्त ७ प्रकारका गुरुहरूको व्रmमैले चर्चा गरिन्छ –

वर्ण र अक्षरद्वारा सिद्ध गरिने बाहृय लौकिक शास्त्रको अभ्यास गर्ने व्यक्तिलाई सूचकगुरु भनिन्छ । धर्म र अधर्म निश्चय गर्ने, वर्ण र आश्रमअनुसारको विद्याको प्रवचन गर्ने व्यक्तिलाई वाचकगुरु भनिन्छ । पञ्चाक्षरी आदि मन्त्रहरूको उपदेश दिने व्यक्तिलाई बोधकगुरु भनिन्छ । पूर्वोक्त २ प्रकारका गुरुभन्दा यी तेस्रो प्रकारका गुरु उत्तम हुन्छन् । मायामा फसाउने, वशमा गराउने, मार्ने, मारण, मोहन, उच्चाटनादिको प्रयोग गर्ने गराउने जस्ता तुच्छ कार्यप्रदायक मन्त्रहरू सिकाउने व्यक्तिलाई निषिद्धगुरु भन्दछन् ।

संसार अनित्य र दुःखहरूको घर हो भन्ने संझी वैराग्यको मार्गमा हिँड्ने हिँडाउने व्यक्तिलाई विहितगुरु भनिन्छ । तत्वमसि आदि महावाक्यहरूको उपदेश दिने र संसाररूपी रोगहरू निवारण गर्ने व्यक्तिलाई कारणाख्यगुरु भनिन्छ । सबै प्रकारका सन्देहहरू पूर्णरूपमा निवारण गरी जन्म–मृत्युको भयबाट मुक्ति दिलाउनेलाई परमगुरु अथवा सद्गुरु भनिन्छ । अनेकौं जन्महरूमा गरिएका पुण्यहरूका प्रभावले मात्र यस्ता परमगुरु वा महागुरु प्राप्त हुन्छन् । यस्ता गुरु प्राप्त गरिसकेपछि शिष्य फेरि सांसारिक बन्धनमा पर्दैन, ऊ मुक्त हुन्छ ।
धार्मिक रूपमा गुरुप्रति भक्ति गर्ने हाम्रोे अति प्राचीन परम्परा हो । प्राचीन कालमा गुरुको आज्ञा पालन गर्नु शिष्यको परम धर्म हुन्थ्यो । गुरुलाई द्वितीय पिता मानिन्थ्यो र अधिक आदरणीय पनि मानिन्थ्यो । हाम्रो सनातनहिन्दू परम्परामा गुरुको आज्ञाविना कोही पनि कुनै सम्प्रदायको सदस्य बन्न सक्तैन । प्रथमतः शिष्य एक जिज्ञासु बन्दछ र पछि शुभ बेलामा उस जिज्ञासुको कानमा गुरुले दीक्षामन्त्र पढ्छन्, अनि मात्र त्यो जिज्ञासु उस गुरुको शिष्य बन्दछ । सम्बद्ध सम्प्रदायको सदस्य बन्दछ । गुरुद्वारा प्रदत्त शिक्षा–दीक्षा, ज्ञान–विद्या नै मनुष्यको भविष्य निर्धारक हुन्छ । तसर्थ ‘गुरु’ शब्द आफैमा गम्भीर तथ्य समाहित युक्त हुन्छ । गुरुले शब्दमात्र पढाउँदैनन्, उनी आफ्नो चरित्रद्वारा शिष्यलाई शिक्षा दिन्छन् । प्राच्य परम्परामा हाम्रा पूर्वजहरू यसैगरी सम्पूर्ण विश्वलाई नै शिक्षा दिइरहेका हुन्थे ।

लक्ष्य प्राप्तिका लागि गुरुप्रति आस्थावान् हुनु जरुरी हुन्छ । त्यसैले गुरुवmुलमा सर्वप्रथम वटुकलाई विद्यार्जनको शुभारम्भमा गुरुप्रति आस्था जागृत गराउने खालका सदुपदेश दिइन्छ । माता, पिता, गुरु र अतिथिलाई देवता समान मान्न निर्देश गरिन्छ । साथै ज्ञानदाता गुरुलाई महत्वपूर्ण स्थान दिइएको छ । किनभने मनुष्यका लागि ज्ञान नै सर्वोत्तम तत्व हो ।

ज्ञानविना मुक्ति मिल्दैन । त्यस्तो ज्ञान प्राप्तिका लागि श्रद्धावान् र आस्थावान् हुनु जरुरी छ । श्रद्धावान् शिष्यले गुरुद्वारा ज्ञान प्राप्त गर्दा आफ्नो मनबाट समस्त विकार निकालिदिनु पर्छ । शुद्ध मनले नै शुद्धता प्राप्त गर्न सक्दछ । अतः एकाग्रताका साथ आत्मशुद्धिपूर्वक सद्ज्ञान प्राप्त गर्नु श्रेयस्कर र शुभकारी हुन्छ । शास्त्र अनेक छन् । विद्या पनि धेरै छन् । साथै विघ्न बाधा पनि प्रशस्त छन् । अतः निरर्थक विषय छोडेर सारभूत वस्तु स्वीकार गर्नुपर्दछ । जीवनको सार्थकता सिद्ध गर्न, यश–कीर्ति प्राप्त गर्न र भवसागरबाट पार पाउन गुरु कृपा आवश्यक हुन्छ । अतः गुरुबाट ज्ञान प्राप्त गर्ने अवसर गुमाउन हुँदैन । अन्यथा जीवनभरि पछुताउनु पर्छ । ‘गुरु’ शब्दबाट नै गौरव, गरिमा, गुरुत्व, गुरुत्वाकर्षण जस्ता अनेकौं शब्द निर्माण हुन्छन् । यो नै संस्कृतिको सार हो ।

१.४ गुरुशिष्यपरम्परा
पुण्यात्मालाई मात्र सुलभ भएको अन्यथा दुर्लभ यो मनुष्य शरीर संसाररूपी समुद्र तर्नका लागि सुदृढ डुङ्का हो, यसका माझी गुरु हुन् । गुरु परम्परामा नारायणले ब्रहृमाजीलाई, ब्रहृमाजीले वशिष्ठलाई, वशिष्ठले पराशरलाई, पराशरले वेदव्यासलाई, वेदव्यासले शुकदेवलाई पढाए, शुकदेवकै परम्परामा कालान्तरमा गौडपादले पनि सोही पदचापलाई अनुसरण गरे र गौडपादले गोविन्दपादाचार्यलाई, गोविन्दपादाचार्यले जगद्गुरु आद्य शंकराचार्यलाई ज्ञानोपदेश दिएको श्रृत्रला पाइन्छ । शंकराचार्यले प्रमुख चार शिष्य– पद्मपादाचार्य, सुरेश्वराचार्य, हस्तकमलाचार्य र त्रोटकाचार्यलाई ज्ञानोपदेश दिएको इतिहास पढ्न पाइन्छ ।

यस बाहेक गुरु शिष्य परम्पराको विपरीत धार पनि देखिएको छ । ‘गुरु’ अगुरु हुने अर्थात् शिष्य नबनाउने परम्परा पनि रहेको पाइन्छ । गुरु प्राप्त नभएको यस परिस्थतिमा आफ्नो आत्मालाई गुरु मान्नका लागि भगवान् श्रीकृष्णको उद्बोध पाइन्छ । विशेष गरी मनुष्यका लागि उसको आत्मा नै हित र अहित बोध गराउने गुरु हो । मनुष्य प्रत्यक्ष अनुभवमा अनुमान प्रमाणद्वारा निर्णय गर्न पूर्णतः समर्थ र स्वतन्त्र छ । अतः सबैका गुरु एक मात्र ईश्वर हुन् । पूर्वजहरूका गुरु पनि ईश्वर हुन् । उनमा कालको सीमा छैन ।

१.५ गुरु–विद्या

संसारमा पराविद्या र अपराविद्या छन् । ती दुई विद्यामध्ये ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, मीमांसा र ज्योतिष अपराविद्या हुन् भने अविनाशी परब्रहृमलाई तात्विक रूपमा जान्न सकिने माध्यमविद्या पराविद्या हो । यिनको नामान्तर विद्या र अविद्या हो । अविद्याबाट मृत्युलाई पराजित गर्दै विद्याबाट अमरत्व प्राप्त गर्न सकिन्छ । वेदादिशास्त्र त्रिगुणयुक्त छन्, तर तिमी निस्त्रैगुण्य हुनुपर्छ भनी श्रीमद्भगवद्गीतामा अर्जुनलाई लक्ष्यमा राखेर गरिएको उद्धरणको पछि पछि यहाँको प्रसङ्ग पनि त्यसैको परिपुष्टिमा लागेको देखिन्छ ।

परा र अपरा यी दुवै स्वरूपमा एउटै परमात्माको सत्ता छ । परमात्माको अव्यक्त अवस्थालाई असम्भूत र व्यक्त अवस्थालाई सम्भूत वा कार्यब्रहृम भनिएको छ । कार्यब्रहृमको उपासनाद्वारा मृत्युलाई पराजित गर्दै असम्भूत वा अव्यक्त परमात्माको उपासनाद्वारा अमरत्व प्राप्त हुन्छ । अपराविद्यालाई असत् विद्या पनि भनिएको छ । सत् प्राप्त गर्ने एक मात्र उपाय पराविद्या हो । पराविद्याले असत्बाट सत्तिर, अन्धकारबाट ज्ञानरूपी प्रकाशतिर र मृत्युबाट अमरतातिर लैजान्छ ।

१.६ गुरु–अद्वैत

उपनिषद्हरूमा द्वैत र अद्वैतवादको ठूलै चर्चा छ । मनुष्यले अद्वैतको अनुभूति नगर्दासम्म जतिसुकै साधना, तपस्या, मन्त्रजप, हवन, कीर्तन, यज्ञ, यम, नियम आदिको पालना गर्दै १०० कल्प बिताए पनि उसले सुख प्राप्त गर्न सक्तैन । अद्वैतको अनुभूति कर्मको नभएर ज्ञानको फल हो । यो ज्ञान कुनै सद्गुरुको कृपाबाट मात्र प्राप्त हुन्छ । यो ज्ञान ज्यादै रहस्यमय छ । यसको प्राप्ति पुस्तकहरूको अध्ययनद्वारा, बुद्धिबलद्वारा र प्रवचन सुनेर मात्र हुन सक्तैन । कुनै सद्गुरुले यसको अनुभूति गराइदिएपछि मात्र अज्ञान नष्ट हुन्छ र उसले द्वन्द्वबाट मुक्त भएको अनुभव गर्छ । यो आत्मज्ञानस्वरूप छ । जसको अनुभूति अन्य विधिबाट हुँदैन । सद्गुरुको कृपाबाट मात्र हुन सक्तछ । यही त्यो परमतŒव हो, जसका विषयमा जानिसकेपछि केही पनि जान्न बाँकी रहँदैन । त्यसैले भगवान् रिसाउनु भयो भने गुरुले बचाउनु हुन्छ, तर गुरु रिसाएमा कसैले पनि बचाउन सक्दैन, भन्ने प्रसिद्धि छ ।

१.७ गुरु–धर्म
परमतत्व परमात्मालाई जान्नका लागि धर्म गरिन्छ । धर्म मनुष्यको चेतनाको विकासको प्रव्रिmया हो । परमतत्व प्राप्त गर्ने एउटा साधन वा माध्यम हो धर्म । साधनविना साध्यलाई प्राप्त गर्न सकिँदैन । आध्यात्मिक उन्नति गर्ने अभिलाषा लिएका मनुष्यले धर्मलाई अनिवार्य रूपमा स्वीकार गर्नुपर्छ । यसका लागि गुरु चाहिन्छ । सद्गुरुबाट दिव्यता प्राप्त हुन्छ । अन्यथा यो देखावटी धर्म अभिशाप पनि बन्न सक्छ । अहिले विद्यमान परिपे्रक्ष्यमा संसारमा धर्मको यस्तै स्वरूप देखिएको छ । यो अभिशाप सिद्ध भइरहेको छ ।
गुरुतत्वबाट विमुख भएका ऋत्विक, योगी वा तपस्वी पनि मुक्ति प्राप्त गर्न सक्तैनन् । ज्ञानी शिष्यले गुरुका अगाडि मैले यसो गरेँ वा उसो गरेँ भनेर घमण्ड वा अभिमान देखाउन हुँदैन । गुरुका सामु कहिल्यै पनि असत्य बोल्न हुँदैन । गुरुका अगाडि घमण्डपूर्ण शब्द बोल्ने, गुरुलाई तँ भन्ने मनुष्य, अर्को जन्ममा मनुष्यहीन मरुभूमिमा जन्मन्छ र ब्रहृमराक्षस भएर रहन्छ । ज्ञान नभएको, सत्य नबोल्ने, असत्य बोल्ने गुरुलाई त्याग्नुपर्दछ । आफैले शान्ति प्राप्त गर्न नसकेको गुरुले अरूलाई शान्ति दिन सक्तैन ।
गुरुको निर्देशअनुसार जप, ध्यान आदि गर्दा सुविधापूर्वक बस्न सकिने आसनको आवश्यकता पर्दछ । त्यसका लागि सामान्यतया सेतो आसन उत्तम मानिन्छ, तर मायावी काम गर्नका लागि रातो आसनको अपेक्षा रहन्छ । सबै प्रकारका सिद्धि प्राप्तिका लागि पद्मासन उत्तम मानिन्छ । कपडाको आसन गरीबीकारक, ढुङ्गाको आसन रोगकारक, खालीभूमिको आसन दुःखकारक र काठको आसन निष्फल मानिन्छ । त्यसबाहेक कालो मृगको छाला र वmुशको आसन ज्ञानवद्र्धक हुन्छ भने बाघको छालाको आसन मुक्तिकारक र कम्बलको आसनलाई सबै प्रकारको सिद्धिप्राप्तिको कारक मानिन्छ ।

१.८ गुरु–व्यास
सम्पूर्ण संसार भगवान् महर्षि वेदव्यासको उच्छिष्ट हो । सनातन धर्मपरम्परामा व्यासोच्छिष्टं जगत् सर्वम् भन्ने उक्ति छ । धर्म तथा सदाचारका विषयमा व्यासको लेखनीपछि वmुनै लेखन बाँकी रहेको छैन । व्यासोक्त नै सर्वजनहिताय हुन्छ । अन्यथा तद्विपरीत हुन्छ । अर्थात् भगवान् व्यासले नलेखेको वmुनै विषय पनि छैन । सबै लेखेर सकेका छन् । केवल सनातन धर्ममा मात्र नभएर सम्पूर्ण संसारमै भगवान् व्यासले नलेखेको विषयक्षेत्र वmुनै पनि छैन । सम्पूर्ण संसारले व्यासोक्तबाहेक अन्य वmुनै पनि विषयमा भन्न र लेख्न सक्ने ठाउँ नै छैन । यति धेरै लेखेका छन् उनले । उनको लेखनको उद्देश्य जगद्धित मात्र हो । व्यासोक्तमात्र जगद्धितकारी हुन्छ । व्यासद्वारा निरूपित वाणीमात्र प्रमाणित मानिन्छ ।

व्यासलिखित अनेकौं ग्रन्थमध्ये महाभारतजस्तो सर्वाधिक विशालग्रन्थ विश्वमा अन्य वmुनै छैन ।

महाभारतको वmुरै के गर्नु उक्त विशाल ग्रन्थको १८औं अध्यायका रूपमा लिखित गीतासरह नै वmुनै ग्रन्थ छैन । प्राच्य संस्वृmतिको गीतासँग तुलना गर्न मिल्ने विश्वमा अन्य वmुनै ग्रन्थ नै उपलब्ध छैन भने महाभारतजस्तो सर्वाधिक विशालग्रन्थको के तुलना हुनु ? अहिलेसम्म प्राप्त जानकारीअनुसार विश्वका २५०० भाषामा श्रीमद्भगवद्गीताको अनुवाद भैसकेको छ । विश्वका सबै वैज्ञानिक, दार्शनिकले गीताका विषयमा केही न केही बोलेका र लेखेका छन् ।
यद्यपि उनीहरूको लेखाइ बोलाइ तर्क गर्न र प्रमाणपुष्ट गर्ने उद्देश्यले मात्र हुन्छ भने हाम्रो साधना सिद्धिका लागि र त्यसबाट परमानन्द प्राप्तिका लागि शास्त्रचिन्तन हुन्छ । त्यसै प्रसङ्गमा साधक र आनन्दका बीचमा पुलका रूपमा गुरुको प्रमुख भूमिका रहेको हुन्छ ।

यसबाहेक भगवान् वेदव्यासले १८ पुराण, उपपुराण र अनेकौं शास्त्रहरू लेखेका छन् । यस्ता विशाल बुद्धि सम्पन्न, प्रफुल्ल कमलनयनयुक्त भगवान् वृmष्णद्वैपायन वेदव्यासले गीतारूपी ज्ञानप्रदीप प्रकाशित गरेका छन् । सद्ग्रन्थ प्रणयन गर्नु भगवान् व्यासको कार्य हो ।
भगवान् व्यासको एकै मुख छ । विना चार मुखकै पनि व्यास चतुर्मुखधारी ब्रहृमा हुन् । चतुर्मुखधारी ब्रहृमाले वेद प्रकट गरे भने भगवान् व्यासले वेदलाई चार भाग गरे । ब्रहृमाद्वारा प्रकट गरिएको वेदलाई विस्तार गरेकाले व्यासलाई विना चतुर्मुखी भएर पनि ब्रहृमाका रूपमा गुरुब्र्रहृमा भनिएको छ । त्यसैले उनी एकैमुख भएर पनि चतुर्मुखी ब्रहृमा हुन् । दुई भुजामात्र भएर पनि उनी चतुर्भुजधारी विष्णु हुन् । उनलाई गुरुर्विष्णु भनिन्छ । त्यसैले भगवान् व्यास गुरुरूपमा साक्षात् विष्णु हुन् । दुई नेत्र मात्र भएर पनि उनी साक्षात् शिवस्वरूप हुन् । त्यसैले उनलाई गुरुर्देवो महेश्वरः भनिएको छ । यसरी भगवान् व्यास गुरुरूपमा साक्षात् ब्रहृमा हुन् । भगवान् व्यास गुरुरूपमा साक्षात् शिव हुन् । गुरुलाई साक्षात् परब्रहृमस्वरूप भगवान् बादरायणका रूपमा स्वीकार गरिएको छ । भगवान् स्वयं वेदव्यासका रूपमा अवतरित भएको मानिन्छ । यति मात्र होइन, भगवान् व्यास गुरुरूपमा साक्षात् परब्रहृम हुन् । यसर्थ हामीमाथि भगवान् व्यासको ठूलो उपकार रहेको छ । त्यसैले व्यासोत्सव सर्वलोकप्रिय छ ।
त्यसैले आषाढ शुक्लपूर्णिमाको दिनलाई गुरुपूर्णिमाका रूपमा व्यासोत्सव मनाउने र उनीप्रति वृmतज्ञता प्रकट गर्ने प्रचलन अद्यावधि कायमै छ । त्यस दिन भगवान् वृmष्णद्वैपायन वेदव्यासका रूपमा गुरुपूजन गरिन्छ । सर्वाधिक उत्साहका साथ मनाइने पर्व नै गुरुपूर्णिमा हो । अन्य वmुनै उत्सव नमनाउनेहरू पनि व्यासोत्सव अर्थात् गुरुपूजन गर्दछन् ।
व्यासोत्सव अर्थात् गुरुपूर्णिमाका दिनमा सर्वप्रथम माताको त्यसपछि पिताको अनि अक्षरप्रदाता गुरुको पूजन गर्नुपर्छ । वmुनै गुरुद्वारा दीक्षित छैन भने पनि व्यासरूपमा वmुनै ब्रहृमनिष्ठ, पवित्र, सदाचारी वmुलीन ब्राहृमणको दर्शन पूजन गर्नुपर्दछ । गुरुपूर्णिमाको दिनमा गुरुदर्शन गर्दा प्रत्यक्ष वृmष्णद्वैपायन वेदव्यास भगवान्को दर्शन हुन्छ ।

१.९ गुरुरुपसंहार
राज्यसञ्चालनका लागि योग्य सञ्चालक निर्माण गर्न र भगवान् वृmष्णद्वैपायन वेदव्यासको ज्ञानपरम्परा निभ्न नदिनका लागि समेत व्यासगद्दीको संरक्षण, संवद्र्धन परम आवश्यक छ, किनभने यो हाम्रो परम सम्पदा हो, जो विश्वमा कसैसँग पनि छैन । अतः उक्त अथाह ज्ञानभण्डारको संरक्षण र संवद्र्धनका लागि सद्गुरुको श्रद्धापूर्वक सेवा गर्दै उनका शरणमा पर्नु भाग्यमानी मनुष्यका लागि श्रेयस्कर हुन्छ । गुरुदीक्षाविहीन मनुष्य भ्रमित हुन्छ । उसलाई आफ्नो वास्तविक स्वरूपको ज्ञान हुँदैन, परमतत्वको ज्ञान हँदैन । कैवल्यसिद्धिका लागि शिष्यले गुरुका शरणमा पर्नुपर्दछ । त्यसो नभएमा मनुष्यलाई परमपदका विषयमा जान्न कठिन हुन्छ । गुरुवृmपाद्वारा मनुष्यको ह्दयमा रहेको गाँठो फुक्छ र सबै संशय तथा कर्महरू नष्ट हुन्छन् । एकाक्षरी उपदेश दिनेलाई पनि गुरु मान्नुपर्दछ, अन्यथा उसले १०० जन्मसम्म वmुवmुर र त्यसपछि चाण्डालको वmुलमा जन्म लिनुपर्दछ । गुरुप्रदत्त मन्त्र परित्याग गर्दा गरिबी र दरिद्रता बढ्छ । गुरु–मन्त्र परित्याग गर्ने व्यक्ति रौरव नामक नरकमा पर्दछ । तसर्थ गुरुप्रति श्रद्धा र भक्तिभाव हुनुपर्दछ, अन्यथा श्रद्धा भक्तिरहित पुरुषलाई दिएको उपदेश व्यर्थ हुन्छ । पूर्वोक्त सूचकगुरु, वाचकगुरु, बोधकगुरु, निषिद्धगुरु, विहीतगुरु, कारणगुरु र परमगुरु आदि गुरुका प्रकारमध्ये मूलतः निषिद्धगुरु त्याज्य हुन्छन् भने परमगुरु अर्थात् सद्गुरु परमोत्तम हुन्छन् । उपयुक्त परिज्ञानपूर्वक गुरु चयन गरी सदा सर्वदा गुरुमार्गानुसृत रहँदै गुरुपूर्णिमाका दिनमा गुरुस्वरूपी वेदव्यासको विशेषपूजा, आदर, सम्मान गर्नाले प्रत्यक्ष भगवान् वेदव्यासको पूजन गरेको फल प्राप्त हुन्छ । अस्तु ।।

प्रतिक्रिया
सम्बन्धित समाचार