आइतबार, जेष्ठ ६ २०८१

“नुवाकोट प्याब्सन”को मोबाईल एप सार्वजनिक, मासिक शुल्कमा २५ प्रतिशत छुट


  • ककनी खबर
  • शुक्रबार, असार ११ २०७८

विदुर – नुवाकोट प्याब्सनले जिल्लाभरका संस्थागत विद्यालयका विद्यार्थीहरुलाई एउटै मोबाईल एपमार्फत भर्चुअल माध्यमबाट व्यवस्था गर्न विद्यालय, शिक्षक/शिक्षिका, विद्यार्थी तथा अविभावकहरुलाई डिजिटल शिक्षा अभियानमा जोडिनको लागि “नुवाकोट प्याब्सन” मोबाईल एप सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयले कार्यविधि बनाई असार १ गतेदेखि मुलुकमा अनलाईन शिक्षा तथा दुरशिक्षाका अन्य वैकल्पिक तरिकाहरु अपनाई शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय गरेको थियो ।

विश्वव्यापी रुपमा कोभिड-१९ ले मानव समुदाय अभ्यस्तको साथै चुनौती र अवसर पनि प्रदान गरेको छ । विद्यालयमा उपस्थित भएर भौतिक रुपममा कक्षाहरु सञ्चालन हुने अवस्था नरहेपछि वैकल्पिक विधि अनुसार सिकाई कार्य र सिकाई उपलब्धि मापन गर्ने कार्य गर्न डिजिटल नेपालको सहकार्यमा मोबाईल एप सञ्चालन ल्याएको नुवाकोट प्याब्सनका अध्यक्ष प्रकाश कुइँकेलले बताए । विद्यालयमा अध्यनरत विद्यार्थीहरुको शैक्षिक गतिविधिलाई निरन्तता दिनको लागि उक्त मोबाईल एपले सहयोग गर्ने उनले बताए ।

“अहिलेसम्म मोबाईल एपमा जिल्लाभरका निजी विद्यालयहरुमा अध्यनरत २१ सय जना विद्यार्थीहरुको प्रविष्टिकरण भइसकेको छ । सिमित स्रोत र साधनले गर्दा अरु थप विद्यार्थीहरुको विवरण प्रविष्टिकरणको कार्य धमाधम भइरहेको छ । यस सम्बन्धि सूचना प्रवाहको लागि विद्यालयहरुले कक्षागत अनलाईन ग्रुप तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरिसकेको छ ।”

“मोबाईल डाटा र वाईफाई इन्टरनेटको माध्यमले सहज रुपले चलाउन सकिने नुवाकोट प्याब्सन मोबाईल एप प्रयोग गर्नको लागि नुवाकोट प्याब्सनमा आबद्ध सबै विद्यालहरुमा मासिक शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था गरेका छौं । स्मार्टफोनमा मात्र चल्ने उक्त मोबाईल एप टुजी, थ्रीजी र फोजी प्रविधि सुविधा भएको मोबाईलमा सहज रुपमा विद्यार्थीहरुले चलाउने सक्नेछन् ।”

“विद्यालयले नै विद्यार्थीलाई आवश्यक मोबाईल डाटा खरिद गरी दिनेछ । नेपाल टेलिकम र एनसेलले शैक्षिक गतिविधिको लागि ल्याएको प्याकेज र भर्चुअल एप “जुम” पनि यस मोबाइल एपमा सुविधा रहेकोले विद्यार्थीहरुलाई सहज हुने छ । मोबाइल एप र नयाँ शैक्षिक सत्रमा आबद्ध हुनको लागि अभिभावकहरुले विद्यालयमा सम्पर्क गरेर विद्यार्थीको पूर्ण नाम र कक्षा सुचिकृत गर्नुपर्नेछ । वाईफाई इन्टरनेटको पहुँच हुनेले मोबाईल डाटा खरिद गर्नुपर्दैन।”

“यहि असार १३ गते आईतबारदेखि नियमित रुपमा दुई चरणको समयमा कक्षा सञ्चालन गर्दैछौं । पहिलो चरण बिहान ७ बजेदेखि ११:४५ बजेसम्म र दिउँसो चरण १२ बजेदेखि ३:४५ बजे सम्म सञ्चालन हुनेछ । कक्षा सञ्चालनको लागि १३० जना शिक्षक/शिक्षिकाहरुलाई पूर्ण रुपले तयार गरेका छौं ।”

नयाँ भर्ना र मासिक शुक्ल बुझाउनको लागि अनलाईन भुक्तानी प्रणालीको व्यवस्था गरेका छौं । प्याब्सनले सम्बन्धित विद्यालयको डिजिटल वालेट खल्ती, ईसेवा र अनलाईन बैंकिंङको माध्यमबाट मासिक शुल्क र भर्ना शुल्क तिर्न सकिने व्यवस्था मिलाएका छौं ।

“विद्यालय शिक्षामा विद्यार्थीहरुलाई ज्ञान, सिपका सिकाईहरु व्यवस्थित गर्न अबको समयमा प्रविधिमैत्री बनाउनुपर्ने चुनौती थपिएसँगै प्याब्सन नुवाकोटले यसमा पहल गरेको छ र सबै सरोकारवाला पक्षहरुको सहयोगमा मात्र यस अभियानले पूर्णता पाउने विश्वास लिएको छौं”, उनले भने “नयाँ प्रविधिका माध्यमले परीक्षा सञ्चालन गरिने भएको कागजको प्रयोग बिना पनि परीक्षार्थीहरुको मुल्यांकन गर्न सकिने यो प्रविधिको प्रयोगबाट अधिकतम लाभ लिन सक्नुहुनेछ ।”

आफ्ना बालबालिकाहरुले के? कसरी? अध्ययन गरिरहेको छ र उपलब्धी कस्तो भइरहेको सोको जानकारी अभिभावकहरुले पनि उक्त मोवाईल एप लगइन गरी पूर्ण रुपमा मोबाईलमा हेर्न सक्नेछन् ।

मोबाइल एप कसरी राख्ने?

Screenshot Image
  1. नुवाकोट प्याब्सनको मोबाइल एप राख्नको लागि सर्वप्रथम गुगुलको “प्ले स्टोर” (Google Play Store) मा गई Nuwakot Pabson” खोजी आफ्नो मोवाइलमा एप राख्न सकिने छ । अहिले एन्ड्रोइड संस्करण (Android Version) मात्र रहेको छ । आईफोन प्रयोगकर्ताको लागि आईओएस (iOS) संस्करणको प्रक्रिया हुदै गरेको छ ।
  2. प्रयोगकर्ता र पासवर्डको लागि घरमै बसेर अनलाईन वा टेलिफोनको माध्यमबाट सम्बन्धित विद्यालयमा सम्पर्क गरी लिन सकिने छ ।
  3. त्यसपछि सोहि अनुसार प्रक्रिया पुरा गरी आफ्नो कक्षा अनुसारको अध्ययनको गतिविधि र पाठ्यपुस्तक लगायतको सामाग्री हेर्न र मूल्यांकन गर्न सकिने छ ।
Screenshot Image
Screenshot Image
एपको नमुना होमपेज
अनलाईन नमुना भर्ना फाराम

प्रतिक्रिया
सम्बन्धित समाचार