लायन क्लव अफ काठमाडौं एकता परोपकारको आयोजनामा लायन क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ बि नेपालको चौथौ क्याबिनेट वैठक रसुवाको धुन्चेमा हुने भएको छ|
२०७५ साल बैशाख २९ गते धुन्चेस्थित हिमालयन स्प्रिङ वाटरको हलमा हुने उक्त कार्यक्रम मल्टिपल फाउन्डेसन चेयरपर्सन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा हुनेछ|
प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर जिल्ला रसुवामा देशभरीबाट करिव ६०० लायनहरु यस बैठकको लागि आउने क्रम जारी रहेको र कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भएको डिस्ट्रीक्ट ३२५ बि नेपालका गभर्नर धनराज आचार्यले जानकारी दिनुभयो।