आइतबार, जेष्ठ ६ २०८१

लायन क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ बि १ नेपालको चौथौ क्याबिनेट वैठक रसुवाको धुन्चेमा सम्पन्न


  • ककनी खबर
  • शनिबार, बैशाख २९ २०७५

लायन क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ बि १ नेपालको चौथौ क्याबिनेट वैठक रसुवाको धुन्चेमा सम्पन्न भएको छ।

२०७५ साल बैशाख २९ गते धुन्चेस्थित हिमालयन स्प्रिङ वाटरको हलमा भएको उक्त कार्यक्रम डिस्ट्रीक्ट गर्वनर धनराज आचार्यको सभापतित्व र मल्टिपल काउन्सिल चेयरपर्सन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा उद्घाटन भइ सम्पन्न भएको हो।

क्याबिनेट सेक्रेटरी चण्डी प्रसाद अर्यालले उद्घोषण गर्नुभएको कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका रसुवाका प्रमुख कैसाङ नर्पु तामाङ,पुर्व माननीय संसद छोबाङ तेन्जिङ तामाङ,पुर्व मल्टिपल काउन्सिल चेयरपर्सन द्वय राजन लम्साल र गिरधारी शर्मा,प्रथम भाइस डिस्ट्रीक्ट गर्वनर ईन्दु लम्साल,पुर्व गर्वनर ध्रुव बहादुर थापा लगायत विभिन्न बिशिस्ट अतिथिहरुको उपस्थिति थियो।

सुन्दर र रमणीय जिल्ला रसुवामा भएका पर्यटकिय स्थानको पहिचान गर्दै प्रबर्द्धन गर्ने उदेश्यले यस क्याबिनेट बैठक रसुवामा गरेको र देशभरीबाट करिव ६०० लायनहरु यस कार्यक्रमको लागि रसुवा उपस्थित भई अधिकांशले लाङटाङ,गोसाइँकुण्ड,रसुवागढीको समेत भ्रमण गरेको डिस्ट्रीक्ट गर्वनर धनराज आचार्यले जानकारी दिनुभयो।

लायन क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ बि १ नेपालमा १६ जिल्लाका कुल ३३३ क्लब र त्यसमा कुल १०५१४ लायन सदस्य रहेका छन्।आजनै लायन क्लब अफ रसुवा धुन्चे गठनको लागि प्रस्तावित गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार