आइतबार, जेष्ठ ६ २०८१

मैत्रीपुर्ण क्रिकेटमा अर्किड क्रिकेट क्लब फराकिलो अन्तरले विजयी


  • ककनी खबर
  • आइतबार, साउन ६ २०७५

श्रावण ६,ककनी खबर।
नुवाकोटको बिदुरमा अर्किड क्रिकेट क्लब र नेपाली क्रिकेट टाईगर क्लबबिचको ३ खेलको मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा अर्किड क्रिकेट क्लब १३६ रनले बिजयी भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको अर्किड क्रिकेट क्लबले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १८४ रन बनायो।अर्किडको तर्फबाट सन्तोस थापाले ६७ रन,कुशल नेपालीले ५० रन र दिपेश कुमालले १८ रन बनाए।बलिङतर्फ नेपाली क्रिकेट टाईगर क्रिकेट क्लबका पवन राइले ५ विकेट,मौसम दाहाल र प्रकाश माझीले १-१ विकेट लिए।

१८५ रनको बिजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपाली टाईगर क्रिकेट क्लब ९.१ ओभरमा मात्र ४८ रनमा अलआउट भयो।नेपाली टाईगरको लागि पवन राईले ७ रन र सृजन दाहालले ६ रन बनाए।बलिङतर्फ अर्किडका गौरव गजुरेल र कुशल नेपालीले समान ३-३ विकेट लिए भने दिपेश कुमालले २ विकेट लिए। खेलमा ५० रन र ३ विकेट लिएका अर्किडका कुशल नेपाली म्यान अफ दि म्याच घोषित भए।

प्रतिक्रिया
सम्बन्धित समाचार