आइतबार, जेष्ठ ६ २०८१

च्याम्पियनस लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक


  • ककनी खबर
  • शुक्रबार, भाद्र १५ २०७५

भाद्र १४,
युरोपेली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियनस लिगको ग्रुप लिगको तालिका सार्वजनिक भएको छ । आज सार्वजनिक तालिकामा युरोपका प्रतिष्ठित क्लबहरु आफुलाई युरोपको सबैभन्दा उत्कृष्ट क्लब ठहर्‍याउन एक आपसमा भिड्नेछन् ।

कुल ३२ टिमको सहभागिता रहने च्याम्पियनस लिगलाई ८ समुहमा बिभाजन गरिएको छ । जसअनुसार समुह ‘ए’ मा एथलेटिको म्याड्डिड,बुरुसिया ड्रटमन्ड,मोनाको र क्लब ब्रुग्गी रहेका छन् । समूह ‘बि’ मा बार्सिलोना, ईन्टर मिलान,टोटन्हाम र पिएसभी रहेका छन् । समूह ‘सि’ मा पिएसजी ,नेपोली,लिभरपुल र क्रीभिना जेड्बिडा रहेका छन् ।समूह ‘डि’ मा लोकोमोटिभ मोस्किभ,पोर्टो,साक्ले र गालातासरे रहेका छन् । समूह ‘इ’ मा ब्रायन म्युनिख,बेनेफिका,एयाक्स र एइके रहेका छन् । समूह ‘एफ’ मा म्यानचेस्टर सिटि,लियोन,साक्टर र होफिनियन रहेका
छन् । समुह ‘जि’ मा रियल म्याड्रीड,रोमा, मस्को र पिल्जिन रहेका छन् । समूह ‘एच’ मा युभेन्टस, म्यान्चेस्टर युनाइटेड,भ्यालेन्सिया र योङ ब्वाइज रहेका छन् ।

जसमा ग्रुप ‘ए’ ‘बि’ ‘सि’ र ‘एफ’ लाई ग्रुप अफ डेथको रूपमा हेरिएको छ । च्याम्पियनस लिगको ग्रुप स्टेजका खेलहरु सेप्टेम्बर १८ बाट सुरु हुदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार