आइतबार, जेष्ठ ६ २०८१

सुन्दरादेवी सन्देश साप्ताहिकको सातौंं बार्षिक उत्सव सम्पन्न


  • ककनी खबर
  • आइतबार, कार्तिक १८ २०७५

कार्तिक १८, बिदुर।
नुवाकोटबाट प्रकाशित भइरहेको सुन्दरादेवी सन्देश साप्ताहिकले आफ्नो सातौ बार्षिक उत्सव कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ । आज बिदुर नगरपालिका १ ढुङ्गे स्थित होटल याङ्ग्रामा पुर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसिको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा सुन्दरादेवीन्यूज डटकम अनलाइनको समेत शुभारम्भ गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसिले निष्पक्ष र खोजमुलक पत्रकारिताले समाजलाई रुपान्तरण गर्न मद्दत गर्ने भएकोले निष्पक्ष र खोजमुलक पत्रकारितालाई प्रोत्साहन र सबैले अवलम्बन गर्नुपर्ने बताए । सुन्दरादेवी साप्ताहिकका अध्यक्ष शशी अधिकारीको सभापतित्वमा संचालित उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी , नेपाली काङ्ग्रेस नुवाकोटका नेता रमेशकुमार महत, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की ,पुर्व अध्यक्ष शरण उत्सुक सापकोटा, ट्रेड युनियन नुवाकोटका अध्यक्ष शिव देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

कला र संगीतलाई बिशेष आधार बनाएर प्रकाशित हुदै आएको सुन्दरादेवी साप्ताहिकलाई अब प्रदेश नम्बर ३ स्तरीय बनाई संचालन गरिने र सबै बिषयबस्तुलाई समेट्ने हिसाबले सुन्दरादेवीन्युज डटकम संचालनमा ल्याउन लागेको सुन्दरादेवी साप्ताहिकका प्रकाशक तथा कार्यकारी प्रमुख किरणप्रसाद अधिकारीले बताए । कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति देखाउनुको साथै नाट्यश्वर म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक समेत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार