आइतबार, जेष्ठ ६ २०८१

सज्जाले जितिन नेपाल आइडल तेस्रो सिजनको उपाधी


  • ककनी खबर
  • शुक्रबार, भाद्र १२ २०७७

१२ भदौ , नेपाल को टप रियालिटी शो नेपाल आइडलको तेस्रो सिजनको उपाधी सज्जा चौलागाइले जित्न सफल भएकी छिन ।
सज्जाले पुरस्कार बापत रु ५० लाख हात पारेकी छिन ।

नेपाल आइडलको टप ३ मा सज्जा चौलागाईं , किरण कुमार भुजेल र प्रबिन बेडवाल प्रबेश गरेका थिए ।
यसैगरी फस्ट रनर अप प्रबिन बेडवाल र सेकेन्ड रनर अप किरण कुमार भुजेल भए ।
फस्ट रनर अपका प्रबिनले दस लाख हात पारे भने किरणले पाँच लाख पुरस्कार प्राप्त गरेका छन ।

नेपाल आइडलको पहिलो सिजन बुद्द लामा र दोस्रो सिजन रबि ओडले जितेका थिए ।
नेपाल आइडलको प्ल्याटफ्रमबाट आएका धेरै गायकले गाएका गित चर्चाको शिखरमा पुगेको छ । जसमा सबैभन्दा बढी सफल निशान भट्टराई देखिन्छन । यसैगरी प्रताप दास , रचना रिमाल , सागर आलेका गितहरु समेत यु ट्युबमा ट्रेन्डिङमा आउने गरेको छ ।
एपि वन च्यानलले कोरोनाको त्रास कम हुने बित्तिकै सिजन चार सुरु गर्ने बताएको छ ।

साभार : अखवरपार्टी

प्रतिक्रिया
सम्बन्धित समाचार