Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा

Main News Image
Kakani Khabar add

काठमाडौँ । रुवान्डामा हुने आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताका लागि प्रारम्भिक चरणमा आज २९ सदस्यीय खेलाडी घोषणा गरेको हो ।


छनोट हुने खेलाडीहरूमा विन्दु रावल, रुविना क्षेत्री, सम्झना खड्का, पूजा महतो, इन्दु बर्मा, सीता रानामगर, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र राजमती ऐरी रहेका छन् ।


यस्तै मनिषा उपाध्याय, तृष्णा विके, कुसुम गोदार, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीन, खुसी डङ्गोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, आलिशा यादव, यशोदा विष्ट, एञ्जी पाठक र रमा बुढाथोकी पनि प्रारम्भिक चरणमा परेका छन् ।


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ संरचनाअनुसार यो प्रतियोगिता आउँदो अप्रिलको दोस्रो हप्ता रुवान्डामा शुरू हुने तयारी छ । प्रतियोगिताको मिति र सहभागी हुने टोलीको नाम भने सार्वजनिक भइसकेको छैन ।

Kakani Khabar add

सम्बन्धित खबर

रसुवामा ड्रोनमार्फत वनस्पति र घाँसका बीउ छरियो

काठमाडौँ । रसुवामा डढेलोले उजाड बनाएको वन क्षेत्रमा ड्रोन प्रविधिमार्फत वनस्पति र घाँसका बीउ छरिएको छ । २०६५ सालको भीषण डढेलोका कारण उजाड बनेको क्षेत्रमा हरियाली फर्काउन डिभिजन वन कार्यालय रसुवाले बीउ छर्न थालेको हो ।


दुर्गम भौगोल...

आज धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै

काठमाडौँ । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ ।


गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक...

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

रसुवा । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ ।


बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति प...

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ ।


राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयास...

रोल्पाको थवाङमा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौँ । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।


रुकुम पूर्वबाट जलजलामा मेला भर्न गएका यात्रुहरू चढेको लु१ज ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिका–१ को जलजला जाने बाटोमा दुर्घटना हुँदा १७ जन...

विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्रीसमक्ष माग गरेका छन् ।


महासङ्घका अध्य...