Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आईसीसी विश्वकप क्रिकेट लिग–टू मा नेपालले यूएईलाई हरायो

Main News Image
Kakani Khabar add

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई हराएको छ । आज भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको हो । नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १ सय ६३ रन बनाएर अलआउट भयो ।


यूएईका हर्पि्रत सिंहले ३९ र मोहम्मद वसिमले ३४ रन बनाए । नेपालका करण केसीले ४ विकेट लिए । यो जीतसँगै नेपालले २ अङ्क थप गरेर २१ खेलमा १४ अङ्क बनाएको छ । नेपालभन्दा अङ्क तालिकामा पछि रहेको टोली युएई २१ खेलमा १० अङ्कका साथ पुछारमा छ ।


यस्तै नेपालले खेल्ने अर्को टोली ओमान २४ खेलबाट २९ अङ्कसहित तेस्रो स्थानमा छ । अहिलेसम्म २४ खेल खेलेको अमेरिका ३६ अङ्क जोडेर शीर्षस्थानमा छ । अब नेपालले बुधवार ओमानसँग खेल्नेछ ।


अङ्क तालिकाको अन्तिम दुईमा रहेका नेपाल र यूएई दुवै टोलीलाई शीर्ष–६ मा रहेर एकदिवसीय मान्यता जोगाउने मुख्य चुनौती छ । घरेलु मैदानमा चलिरहेको यो शृङ्खलामा नेपालसहित युएई र ओमान रहेका छन् । यी टोलीले एक आपसमा दुई–दुई खेल खेल्नेछन् । त्यसपछि नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित श्रृंखला खेल्नेछ । 

Kakani Khabar add

सम्बन्धित खबर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन् ।


हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ । धार्मिक मान्यताअनुसार यसरी...

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले नदी किनार तथा अन्य ठाउँका सुकुमवासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अ...

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ ।


विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब रु एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिग...

एसीसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने

काठमाडौँ । एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एशिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ ।


टोली मलेसियन एअरलाइन्सबाट राति पौने १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने तालि...

यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने

१९ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई फेब्रुअरी २८ पछि ‘ओभरस्टे’ भए पनि जरिबाना नलाग्ने भएको छ । यूएईस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै भिसाको म्याद सकिएर यूएईमै बस्नु परेका (ओभरस्टे) नेपालीहरूलाई जरिबाना...

बाढी आएको ११ औँ दिनमा सुरुङबाट एक जनाको जीवितै उद्धार

नुवाकोट । बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।


नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेरअघि मात्रै सुरुङबाट उहाँलाई उद्धार गरेको प्रधानम...