Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

Main News Image
Kakani Khabar add

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।


‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको बताइन्छ ।


अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः ।

गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।


माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।


गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ््घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।


आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।


व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।

परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।


अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवम् अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घसंस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ ।


यस अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले चम्पादेवीस्थित ब्रह्मानन्द सरस्वती ग्राममा गुरु पूर्णिमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा गुरु पूर्णिमाको महत्वका बारेमा प्रकाश पारिने पूर्वमन्त्री एवं फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

रसुवागढीको मितेरी पुलबाट गाडी चल्न थाले

काठमाडौँ । चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट गाडी सञ्चालन हुन थालेका छन् ।


नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन २ दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी ४...

राहदानी सेवा असार २४ देखि केही दिन बन्द हुने

काठमाडौँ । राहदानी सेवा असार २४ गते देखि केही दिन बन्द हुने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ ।


विभागले सूचना निकालेर हालको प्रणालीबाट नय...

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

काठमाडौँ । हिजो पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाण्डौ जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ ।


प्रहरीले...

साउनभित्र दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुन्छ:कृषि मन्त्रालय

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । 


मुख्यबाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले व...

त्रिविको प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा २ जना पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएकाे केही मिनेटमा आउट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


गएको शुक्रवार अर्थात् साउन ८ गते भएको ‘अर्गनाइजेशनल...

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौँ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको ज...