Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आज ३४ जिल्लामा बाढीको जोखिम

Main News Image
Kakani Khabar add

काठमाडौँ । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 


महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोकमा बाढीको जोखिम रहेको  छ । यस्तै काभ्रे, मकवानपुर, काठमाण्डौ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, पाल्पा, बाँके र बर्दिया जिल्लामा रहेका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ । 


अहिले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका प्रमुख नदी र तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षाका कारण साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 


यस्तै भोलि र पर्सि पनि सबै प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा पहाडी भेगका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाड र लुम्बिनी प्रदेशको तराई भेगका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । पर्सि शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

माथिल्लो त्रिशूली ३ ‘ए’ को ‘क्राउन हेड’ भेटियो

काठमाडौँ । नेपाली सेनाले माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयाेजनाकाे ‘क्राउन हेड’ फेला पारेको छ । विगत ३ दिनदेखि लगातार काम गरिरहेको सेनाको टोलीले आज दिउँसो सुरुङकाे सबैभन्दा माथिल्लो भाग फेला पारेको हो ।


विशेषज्ञसहितको संयुक्त...

नुवाकोटको तारकेश्वरका ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार प्रदान, शिक्षक र विद्यालय पनि सम्मानित

नुवाकोट । एसइई परीक्षामा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाले जनही रु. ५० हजारसहित ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।

यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने

१९ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई फेब्रुअरी २८ पछि ‘ओभरस्टे’ भए पनि जरिबाना नलाग्ने भएको छ । यूएईस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै भिसाको म्याद सकिएर यूएईमै बस्नु परेका (ओभरस्टे) नेपालीहरूलाई जरिबाना...

शान्ति बजारमा आगलागी, करीब ७० लाख रुपैयाँको धनसम्पत्ति क्षति

नुवाकोट । किस्पाङ गाउँपालिका वडा नं ५ शान्तिबजारमा सोमबार राती लागेको आगलागीले करीब ७० लाख रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । सोमबार राती करीब १० बजेको समयमा विपना घलेको घरमा आगलागी हुदाँ उहाँले सञ्चालन गर्दै आएको पसलमा रहेका सरसामाग्री...

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ । नेपाल र भारतका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराधसम्बन्धी सूचना नियमितरूपमा आदानप्रदान गर्न सहमति जनाएका छन् ।


महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्...

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौँ । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरु...