Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

आउँदो आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता ५ हजार ३ सय ३५ मेगावाट पुग्ने

Main News Image
Kakani Khabar add

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३ सय ३५ मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप १ हजार ४० मेगावाट जलविद्युत् उत्पादन क्षमता थपिने उल्लेख छ ।


निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गरिने मन्त्रालयले जनाएको छ । निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा तिनलाई पनि सम्पन्न गर्ने लक्ष्य छ ।


यस्तै वार्षिक कार्यक्रमअनुसार ६६ केभी प्रसारण लाइन सात हजार ४८ सर्किट किलोमिटरबाट बढाएर ७ हजार ८ सय ८ सर्किट किलोमिटर पुर्‍याउने लक्ष्य छ । यसैगरी, ३३ केभी प्रसारण लाइन ८ हजार ३ सय २५ सर्किट किलोमिटरबाट बढाएर ८ हजार ४ सय २९ सर्किट किलोमिटर पुर्‍याउने लक्ष्य छ ।


आउँदो आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत् खपत ५ सय ११ किलोवाट घण्टा पुर्‍याउने तथा विद्युत् चुहावट १२.०३ प्रतिशतमा सीमित गर्ने सरकारको लक्ष्य छ । लघु तथा साना जलविद्युत् आयोजनाबाट ४३ मेगावाट तथा सौर्य ऊर्जाबाट ९९ मेगावाट विद्युत् उत्पादन क्षमता थप गर्ने कार्यक्रम छ । आउँदो आर्थिक वर्षमा १२ वटा प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य छ ।

Kakani Khabar add

सम्बन्धित खबर

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ ।  नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ ।


मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर...

विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दै

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ ।


क...

लिखुमा एकैसाथ १६ विधाका सिपमूलक तालिम सुरु, ५०० भन्दाबढीको सहभागिता

चौघडा । नुवाकोटको लिखु गाउँपालिका मा महिला लक्षित सिपमूलक कार्यक्रम अन्तर्गत एकैसाथ १६ वटा विभिन्न विधाका सिपमूलक तालिम सुरु गरिएको छ ।

राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको उक्त तालिम का...

भोटेकोशी बाढी : १ हजार ३४१ वटा शव भेटियो, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदी हुँदै आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३४१ जनाको शव भेटिएको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ११ बजेसम्ममा १ हजार ३४१ जनाको शव भेटिएको हो...

भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?

भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो...