Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

अध्यक्ष अधिकारीको निर्देशनपछि दाङसिङ–ढाँडाखर्क सडक मर्मत कार्य सुरु

Main News Image
Kakani Khabar add

नुवाकोट । केही दिनअघि परेको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको दाङसिङ रयलछापस्थित प्रशासकीय भवनदेखि ढाँडाखर्कसम्मको सडकखण्डको मर्मत कार्य सुरु गरिएको छ ।


तारकेश्वर गाउँपालिकाको तल्लो भेगका तीन वडा र माथिल्लो भेगका तीन वडालाई जोड्ने मुख्य रणनीतिक सडक वर्षाका कारण अवरुद्ध भएपछि गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले तत्काल मर्मत गरी सवारी आवागमन सहज बनाउन प्राविधिक शाखालाई निर्देशन दिनुभएको थियो ।


अध्यक्षको निर्देशनलगत्तै आजदेखि सडक मर्मतको काम सुरु भएको गाउँपालिकाले जनाएको छ । मर्मत कार्य सम्पन्न भएपछि यस सडकमार्फत हुने आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।


यसैबीच अध्यक्ष अधिकारीले वर्षायाममा अवरुद्ध हुन सक्ने सबै मुख्य सडकको नियमित अनुगमन गर्न, आवश्यक मर्मत कार्य तत्काल अघि बढाउन तथा बाह्रै महिना सुरक्षित र सहज सवारी सञ्चालन सुनिश्चित गर्न प्राविधिक शाखालाई उच्च सतर्कतामा रही काम गर्न निर्देशन दिनुभएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

तारकेश्वरका किसानलाई हाते ट्याक्टर प्रदान

नुवाकोट । तारकेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम आलु बालीको नयाँ पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत किसानलाई ३ दिने स्थलगत तालिम सहित कृषि सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

गृहमन्त्री गुरुङद्वारा ३ वटा अध्यादेश पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्नुभएको छ ।


सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत गृहमन्त्री गुरुङले ‘नागरिकतास...

शिक्षामा लगाएको ३ प्रतिशत समता कर खारेजी गर्न ४ निजी शैक्षिक संस्थाको माग

काठमाडौँ । निजी विद्यालयका प्रमुख ४ छाता सङ्गठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षामा लगाएको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन् ।


प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी सम...

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।


अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८३’ जारी गरी कार्यान्वयनमा ल्य...

आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा अर्किड एकेडेमी उत्कृष्ट

बट्टार । नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको मुख्य आायेजना र शुभेनियर बोर्डिङ स्कुलको सह–आयोजनामा शनिबार नुवाकोटको बट्टारमा सम्पन्न आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा समूहगत नृत्य प्रतियोगितामा अर्किड एकेडेमी बट्टार र एक...

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

काठमाडौँ । सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि रु ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।


अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्ध...