Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । 


आज पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न मागसहित कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।


बैठकपछि सचिव महेश बस्नेतले हरेक जिल्लाको सदरमुकाममा आज दिउँसो जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउनेलगायतका निर्णय गरेको जानकारी दिनुभयो । 


साथै अन्य दलसँग पनि संवाद र सहकार्य गर्ने उहाँले बताउनुभयो ।


यसैबीच पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली पक्राउ परेको विरोधमा नेता/कार्यकर्ताले बिहान काठमाण्डौको चाबहिल चोकमा विरोध प्रदर्शन गरेका छन् । 


पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई आज बिहान सबेरै निवासबाट प्रहरीले पक्राउ गरेको हो । लेखक पक्राउको विरोधमा के गर्ने भनेर कांग्रेसका नेताहरू परामर्शमा जुटेका छन् । परामर्शपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

वितेको ११ महिनामा ७ लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे

काठमाडौँ ।  वितेको ११ महिनामा ७ लाखभन्दा धेरै पर्यटक बेनी–जोमसोम सडक भएर मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार गएको साउनदेखि जेठसम्म ७ लाख ५ हजार ७ सय ५४ जना पर्यटक मुस्ताङ प्र...

एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ । 


उहाँलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । ओली मिर्गौलाको बिरामी हुनुहुन्छ । आवश्यक...

सुनको भाउ आज तोलामा ७ हजार ४०० सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा सात हजार ४०० र चाँदी १०० रुपैयाँले बढेको हो । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई लाख ९७ हजार ६०० र चाँदीको चार हजार ९४५ रुपैयाँ पुगेको छ...

नयाँ सभामुखको शपथ आइतवार दिउँसो ३ बजे

काठमाडौँ । नयाँ सभामुखको शपथ पर्सि आइतवार दिउँसो ३ बजे हुने भएको छ । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्यालको आज एकल मनोनयन दर्ता भएको छ ।


राष्ट्रपति कार्यालयले आइतवार दिउँसो...

१० महिनामा झन्डै ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशतमात्र

काठमाडौँ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झन्डै ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका १० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख रुपैयाँ बजेट खर्च भएको छ ।


चालू आर...

‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न, विद्यार्थीका समस्या र सुझाव संकलन

नुवाकोट । विदुर नगरपालिका वडा नं ५, देवीघाटमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

विदुर नगरपालिका वडा नं ३, ५ तथा वडा नं १२ को बिरेन्द्र माध्यमिक विद्यालयका प्रतिनिधि विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रम...