Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बाढी प्रभावित क्षेत्रमा निःशुल्क टेलिकम सेवा निरन्तर रहने

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ ।


यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो। अब उक्त सुविधा थप समयका लागि निरन्तर रहने भएको हो ।


नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निःशुल्क सेवा प्रयोग गर्न अनुरोध गरेको छ ।


बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भारका लागि प्राविधिक टोली निरन्तर परिचालन भइरहेको टेलिकमले जनाएको छ ।


कम्पनीका अनुसार अधिकांश संरचना सुचारु भइसकेका छन् भने बाँकी संरचना पनि सञ्चालनमा ल्याउने काम भइरहेको छ ।


विपद्को अवस्थामा निःशुल्क दूरसञ्चार सेवाले प्रभावित क्षेत्रका नागरिकलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न तथा राहत र उद्धार कार्यमा समेत सहयोग पुग्ने नेपाल टेलिकमले जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ ।


चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाडी बन्द छ...

राष्ट्रपतिद्वारा ३ वटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसदबाट पारित भएका आउँदाे आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संव...

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

रसुवा । भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ ।


गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, ग...

एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ । 


उहाँलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । ओली मिर्गौलाको बिरामी हुनुहुन्छ । आवश्यक...

आज पनि सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ३ हजार ३०० रुपैयाँले बढेको छ । आज सुन ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ९ हजार ३०० रुपैयाँले बढेको थियो ।

रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

१८ फागुन, काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटना...