Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बाढीबाट झन्डै डेढ लाख नागरिक प्रत्यक्ष प्रभावित

Main News Image
Kakani Khabar add

काठमडौँ । भोटेकोशी र त्रिशूली नदीमा गएको भदौ १० मा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा झन्डै डेढ लाख नागरिक प्रत्यक्षरूपमा प्रभावित भएका सरकारकाे प्रारम्भिक आँकलन छ ।


विनाशकारी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्षरूपमा प्रभावित भएका शुरुआती आँकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।


सिंहदरबारमा आज बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले विभिन्न संयन्त्रमार्फत सङ्कलित तथ्याङ्कका आधारमा प्रभावित नागरिकको प्रारम्भिक सङ्ख्या आँकलन गरेको जानकारी दिनुभयो ।


उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनामा झाडापखाला भएको भेटिएको पनि बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यसम्बन्धी अरू समस्या अहिलेसम्म देखा परेकाे छैन ।


सचिव देवकाेटाले भौगोलिक अवस्था र तापक्रमअनुसार भवन निर्माणको अवधारणा अघि बढाउनुपर्ने र मन्त्रालयले त्यससम्बन्धी योजनाको तयारी गरिरहेको उल्लेख गर्नुभयाे । पुनर्स्थापना र पुनर्निमाणका लागि ‘क्लाइमेट रेजिलेन्स स्ट्रक्चर’ सहितको योजना निर्माण गरिरहेको उहाँकाे भनाइ छ ।

Kakani Khabar add

सम्बन्धित खबर

रसुवाको त्रिशूली ३ ‘ए’ सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौँ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ ।


प्रतिकूल मौसम र निरन्तरको लेदो तथा भग्नावशेषका बिच शनिबार बिहानैदेखि सुरुङको प्रवेशद...

भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।


ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण...

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

रसुवा । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ ।


बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति प...

मुस्ताङमा सशस्त्र प्रहरी बलले समातेका ‘बीवाइडी’ गाडी फुकुवा

काठमाडौँ ।  मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरीले समातेका ‘बीवाइडी’ कम्पनीको चिनियाँ विद्युतीय गाडी फुकुवा गरिएको छ ।


सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिइएका ती गाडी अस्ति आइतबार बेलुकादेखि फुकुव...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ ।  नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ ।


मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर...

युनाइटेड युथ क्लबको अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन

बट्टार । नुवाकोटको खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको युनाइटेड युथ क्लब को अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन हुनुभएको छ ।

क्लबको ३७औँ साधारणसभा तथा अधिवेशनले वर्तमान अध्यक्ष गि...