Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बाढीमा ज्यान गुमाउनेको सङ्ख्या १००३ पुग्यो, ३ हजार ९१६ जना अझै सम्पर्कविहीन

Main News Image
Kakani Khabar add

काठमाडौँ । एक हप्ताअघि गएको १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म एक हजार तीन जनाको शव भेटिएको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो १ बजेसम्म ८ वटा जिल्लामा यी शव भेटिएका हुन् ।


अहिलेसम्म रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ वटा शव भेटिएको छ ।


प्राधिकरणका अनुसार अहिलेसम्म ११ हजार ८८४ जनाको उद्धार भएको छ । यस्तै ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन् ।


बाढी प्रभावित क्षेत्रमा खाेज, उद्धार र राहतकाे काम चलिरहेकाे छ । २१ हजार ३१४ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाण्डौले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।


न्यायाधीश आनन्दप्रसाद...

बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।...

विद्यार्थी सङ्गठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौँ । विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा विद्यार्थी सङ्गठनहरूले काठमाण्डाैमा कालो बेलुन उडाएर प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ( नेविसङ्घ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्...

माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखि : सम्पूर्ण तयारी पूरा

काठमाडौँ । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ ।  परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । 


कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्या...

आउँदो आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता ५ हजार ३ सय ३५ मेगावाट पुग्ने

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३ सय ३५ मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप १ हजार ४० मेगावाट ज...

रास्वपाद्वारा रासायनिक मल वितरणको अनुगमन, कोटा वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलसहितको टोलीले कृषि सामग्री कम्पनी लिमिटेड, नुवाकोट शाखा कार्यालय तथा मल गोदामको अनुगमन गर्दै मल वितरण प्रणाली प्रभावकारी बनाउन सुझाब दिएका छन् ।

मंगलबार दिउँ...