Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बागमती प्रदेशमा ५७ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न

Main News Image
Kakani Khabar add

काठमाडौँ । बागमती प्रदेशमा असार अन्तिम सातासम्ममा ५७ प्रतिशत भन्दाबढी धान रोपाइँ सम्पन्न भएको छ । 


बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अन्तिम साता (२६ गते) सम्ममा कुल क्षेत्रफलको ५७.२३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । 


मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार असार दोस्रो सातासम्म करिब १३ प्रतिशत मात्र रोपाई भएकोमा असार अन्तिम सातामा बढेको हो । उहाँका अनुसार प्रदेशभर कुल ४ लाख २५ हजार ५५७ हेक्टर खेतीयोग्य जमिन मध्ये १ लाख १४ हजार ५२४ हेक्टर क्षेत्रफल धान रोपाइँ हुने गर्दछ । जसमध्ये हालसम्म ६५ हजार ५४५ हेक्टर अर्थात् ५७.२३ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । 


उहाँका अनुसार यस अवधिमा सबैभन्दा बढी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यस्तै, सिन्धुलीमा ७३.८१ प्रतिशत, मकवानपुरमा ६३.५० प्रतिशत, काभ्रेपलाञ्चोकमा ६३.०२ प्रतिशत, चितवनमा ६२.४२ प्रतिशत र धादिङमा ६१.५० प्रतिशत रोपाइँ सकिएको छ । 


त्यस्तै सिन्धुपाल्चोकमा ४२.९९ प्रतिशत, दोलखामा ४० प्रतिशत, रसुवामा ३९.९३ प्रतिशत र नुवाकोटमा ३९.९३ प्रतिशत रोपाइँ भएको छ । भने, रामेछाप जिल्लामा सबैभन्दा कम ३५ प्रतिशत धान रोपाइँ भएको कँडेलले जानकारी दिनुभयो । यो वर्ष प्रदेशमा धान रोपाइँ सन्तोषजनक रूपमा अघि बढिरहेको भन्दै सोही अनुपातमा धान उत्पादन बढ्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।


जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिन...

चट्याङ लागेर सूर्यगढीमा एक घरमा क्षति, रास्वपाको टोलीबाट घटनाको स्थलगत अवलोकन

नुवाकोट । सूर्यगढी गाउपालिका-४ स्थित केराघारीमा चट्याङ लागेर एकघरमा पूर्ण क्षति भएको छ ।


हिजो अपरान्ह सवा ४ बजेको समयमा परेको चट्याङले स्थानी राजु तामाङको घरमा क्षति पुगेको हो । चट्याङले घरको विद्युतीय मिटरबक्स सहित बत्ति लगायतका...

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा.तिमिल्सिना

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताउनुभएको छ ।


पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने...

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ ।


विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब रु एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिग...

सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने

काठमाडौँ । सरकारले सूचना प्रविधि विभागलाई अब ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ का रूपमा रूपान्तरण गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण...

लिग २ को तयारीका लागि महत्वपूर्ण हुनेछ जय ट्रफी

लिग २ को तयारीका लागि महत्वपूर्ण हुनेछ जय ट्रफीलिग २ को तयारीका लागि महत्वपूर्ण हुनेछ जय ट्रफीलिग २ को तयारीका लागि महत्वपूर्ण हुनेछ जय ट्रफीलिग २ को तयारीका लागि महत्वपूर्ण हुनेछ जय ट्रफीलिग २ को तयारीका लागि महत्वपूर्ण हुनेछ जय ट्रफीलिग २ को तया...