Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

Main News Image
Kakani Khabar add

काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरूले आज सामूहिक राजीनामा दिएका हुन् ।


एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ ।


बागमती सरकारमा एमालेबाट मधुसूदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री हुनुहुन्थ्यो ।


बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार रहेकोमा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा पर्नुभएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

रास्वपाको कर्णाली प्रदेश र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी छाडेका छन्।

रास्वपा छाडेका दुवै नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस उपसभापति विश्वप्रकाश...

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङको राजीनामा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । लगानीका विषयमा विवाद भएर चौतर्फी आलोचना भएपछि गुरुङको राजीनामा आएको हो ।


गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेख्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफूसँग स...

समानुपातिक सांसदले प्रमाणपत्र पाए

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।


आयोगले आज एक कार्यक्रमकाबीच समानुपातिकतर्फका १ सय १० जना सांसदलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरूलाई आयो...

प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा नछाड्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष कार्यकारी प्रमुखको एजेन्डा आफ्नो पार्टीले नछाडेको स्पष्ट पारेका छन्।

शनिबार रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त मुद्दा अझै अधूरो रहे...

पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गरिरहेको समितिले ५ दिन थप समय माग्यो

काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप ५ दिन समय मागेको छ ।


प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हिजो पत्राचार गरेको हो । गए...

दुर्गा प्रसाईं पक्राउ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

आइतबार बिहान भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुले  जानकारी दिए।

...