Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बागमतीका मुख्यमन्त्री थापाको विश्वासको मत संकटमा, नेकपाका सांसद अनुपस्थित

Main News Image
Kakani Khabar add

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेपनि सत्तारुढ गठबन्धनभित्रको असन्तुष्टिका कारण विश्वासको मत संकटमा परेको छ ।


मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात ५३ सांसदको समर्थन आवश्यक पर्छ । तर, सत्ता साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ७ जना प्रदेशसभा सदस्य अनुपस्थित भएपछि सरकारलाई आवश्यक मत जुटाउन चुनौती थपिएको हो ।


सत्तापक्षका एक सांसदका अनससार स्रोतका अनुसार नेकपाका गंगानारायण श्रेष्ठ, उर्मिला लामा, रुकु चौलागाईं, कृष्ण खनाल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ र युवराज चौलागाईंलगायत सांसद बैठकमा अनुपस्थित छन् ।


उनीहरू मन्त्रिपरिषद् विस्तार तथा सरकारमा सहभागी गराउने विषयमा पार्टीभित्र पर्याप्त छलफल नगरी निर्णय गरिएको भन्दै असन्तुष्ट बनेको बताइएको छ ।


नेकपा संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकमा पनि असन्तुष्ट सांसदहरू उपस्थित थिएनन् ।


यसैगरी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधको चेतावनीका कारण पनि विश्वासको मत संकटमा परेको छ । कांग्रेसले पनि थापा नेतृत्वको सरकार गठनको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै प्रदेशसभा सञ्चालनमै अवरोध गर्ने चेतावनी दिएको हो । सरकार गठनविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा रिटसमेत परेको छ ।


उक्त रिटमा अदालतले मुख्यमन्त्री थापासहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै भदौ १० गते छलफलका लागि सरकार र रिट निवेदक पक्षलाई बोलाएको छ ।


सरकार गठनकै विषय अदालतमा विचाराधीन रहेका बेला विश्वासको मत लिन लागिएको भन्दै कांग्रेसले प्रदेशसभा सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएको हो ।


कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले प्रदेश सभा सभामुखलाई पत्र नै लेखेका छन् ।


उनको पत्रमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक कुमारी तामाङलगायतले उच्च अदालत पाटन, हेटौंडा इजलासमा उत्प्रेषण परमादेशसहितको निवेदन दिएको र जुन विषयमा आज कारण देखाउ आदेश जारी भई १० भदौमा छलफल बोलाइएकोले अदालतमा विचाराधीन मुद्दासँग सम्बन्धित विषयमा प्रदेश सभामा छलफल गर्नु असंवैधानिक हुने’ उल्लेख छ ।


कांग्रेसले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठक अदालतबाट अर्को निर्णय नआएसम्म स्थगित गर्न माग गरेको छ ।


यसअघि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक साँझ ५ बजेसम्मका लागि सारिएको थियो ।


तर, सत्तापक्षकै सांसदहरूको अनुपस्थिति, कांग्रेसको अवरोधको चेतावनी तथा मुख्यमन्त्रीविरुद्ध परेको रिटमा अदालतले छलफलको मिति तोकेको अवस्थाका कारण सोमबारको बैठक बस्ने सम्भावना न्यून बनेको छ ।


यद्यपि, विश्वासको मत लिनुअघि असन्तुष्ट सत्तापक्षीय सांसदहरूलाई सहमतिमा ल्याउने प्रयास भइरहेको नेकपा एमालेले जनाएको छ ।


सत्तापक्षभित्रकै असन्तुष्टि समाधान हुन नसक्नु र प्रतिपक्षले अवरोध गरे मुख्यमन्त्री थापाका लागि विश्वासको मत लिन कठिन बन्ने देखिएको छ, भने प्रदेशसभा बैठक सञ्चालन गराउन पनि तत्काल चुनौती बन्ने देखिएको छ ।


यसैबीच, मुख्यमन्त्री थापामगरले विश्वासको मत लिन बोलाइएको बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने देखिएपछि अहिले ५ बजेलाई निर्धारण गरिएको बैठक अहिलेसम्म बस्न सकेको छैन । बैठक सूचना टाँस गरेर स्थगित गर्ने तयारी भइरहेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

तीन दिनसम्म देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न भूभागमा आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।


महाशाखाका...

भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन

काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ ।


रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुग...

नुवाकोटको तारकेश्वरका ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार प्रदान, शिक्षक र विद्यालय पनि सम्मानित

नुवाकोट । एसइई परीक्षामा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाले जनही रु. ५० हजारसहित ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।

आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा अर्किड एकेडेमी उत्कृष्ट

बट्टार । नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको मुख्य आायेजना र शुभेनियर बोर्डिङ स्कुलको सह–आयोजनामा शनिबार नुवाकोटको बट्टारमा सम्पन्न आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा समूहगत नृत्य प्रतियोगितामा अर्किड एकेडेमी बट्टार र एक...

‘जनताका निराशा बेचेर स्वार्थको रोटी सेक्नेहरूबाट देश बन्दैन’

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। यसै सन्दर्भमा मोरङ क्षेत्र नम्बर ४ यतिबेला निकै चर्चामा छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे चुनावी मैदानमा छन् । विद्यार्थी राजनीतिबाट उदाएका घिमिरे वैचारिक र प्रखर व...

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

रसुवा । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ ।


बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति प...