Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै

Main News Image
Kakani Khabar add

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।


विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६३ सांसदको समर्थनमा थापामगर गत भदौ ४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।


१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा हाल नेपाली कांग्रेसका ३६, नेकपाका २६, नेकपा एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।


मुख्यमन्त्री थापामगरले सत्ता साझेदार दलहरूको समर्थनमा बहुमत जुटाउने तयारी गर्नुभएको छ। नेकपा एमाले र नेकपाले आफ्ना सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् ।


सरकारलाई समर्थन गरेको राप्रपामा भने विश्वासको मतलाई लिएर मतभेद देखिएको छ। राप्रपाका सांसदहरूको मतदानको निर्णयले मुख्यमन्त्री थापामगरले विश्वासको मत पाउने वा नपाउने विषयमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

मिटरब्याजसम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


आज बसेको मन्त्रिपरिषद् बैठकले ‘अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन ग...

कलेरीडाँडामा सीप सिकाइ केन्द्र उद्घाटन, आमा समूहलाई चार लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल' ले वडा नम्बर ५ स्थित कलेरीडाँडामा निर्माण सम्पन्न भएको गाउँपालिका स्तरीय सीप सिकाइ केन्द्रको उद्घाटन गर्नुभएको छ ।

बदेलको आक्रमणबाट मकैबालीमा ठूलो क्षति, प्रभावित किसानलाई क्षतिपूर्तिका लागि पहल गरिने

नुवाकोट । सूर्यगढी गाउँपालिका वडा नं. १ अन्तर्गत लच्याङ, ठाइनाङ, पाखु लगायतका विभिन्न स्थानमा बदेलको आक्रमणबाट किसानहरूले लगाएको मकैबालीमा उल्लेखनीय क्षति पुगेको छ।

मकै पाक्ने बेला पुगेका बालीमा बदेलले व्यापक क्षति पुर्‍याएपछि वडा नं. १ का अ...

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाण्डौ उपत्यकामा कृत्रिम अभाव

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै काठमाण्डाै उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ । केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री/वितरण बन्द गरेका छन् ।


धेरै पम...

पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ ।


ओलीलाई रिहा गर्न माग गर्दै दायर भएकाे निवेदनमा आज भएको सुनुवाइपछि अदालतले...

बाढीपहिरोका जोखिममा भएका जनताको सुरक्षा, उद्धार र उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले जनधनको क्षति पुर्याएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।


सांसदहरूले बाढीपहिरोब...