Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

Main News Image
Kakani Khabar add

नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन् । यहाँको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमितरुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् ।


नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवाल जातका भेडाको नश्ल सुधारको प्रमुख स्थल हो । सरकारको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहतको यो केन्द्र समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा छ ।


यहाँ पुग्न काठमाडौँबाट १०१ किमीको दूरी पार गर्नुपर्छ । स्रोत केन्द्रका नाममा ६६० रोपनी जमिन छ । बाँकी खर्क र पर्याप्त चरण क्षेत्र, यहाँ हाल तीन सय ५४ भेडा छन् ।


स्रोत केन्द्रका कार्यालय प्रमुख डा श्यामकृष्ण तिवारीले भेडापालक किसान समूहलाई प्रजननका लागि मात्रै यहाँका भेडा बिक्री गरिने बताए।


हाल नुवाकोटका दुई तथा धादिङ र रसुवाका चार किसान समूहले यहाँबाट प्रजननका लागि भेडाका पाठापाठी किनेर लाने गरेका छन् ।


त्यसका लागि निश्चित विधि तोकिएको छ । किसान समूहको निवेदन र वडाको सिफारिसपछि स्रोत केन्द्रले राजस्व तिर्न लगाएर भेडा बेच्ने गर्छ । केन्द्रमा उत्पादन भएका भेडाका थुमा मागबमोजिम कृषकलाई बिक्री वितरण गरिन्छ ।


यसका अतिरिक्त बहुवर्षीय घाँस (राईघाँस, सेटेरीया, किक्यु तथा पास्पालम) को बीउ बेर्ना उत्पादन तथा विक्री वितरण पनि गरिन्छ ।


कार्यालय प्रमुख तिवारीले यहाँ सबै समूहका एक हजार भेडा रहेका छन् । केन्द्रले भेडापालन र बिक्रीका साथै किसानलाई ऊन काट्ने कैँची, भेडा पाल्ने त्रिपाल, रेनकोटजस्ता सामग्रीका साथै तालिम पनि प्रदान गर्दै आएको छ ।


उनी भन्छन्, ‘हाम्रो कार्य विवरणमा भेडा धेरै आफैँ पाल्नेभन्दा पनि किसानलाई उत्पादन बढाउन प्रेरित गर्ने लक्ष्य रहेको छ । बरुवाल जातको भेडा संरक्षणका यो केन्द्र लागि खोलेको हो । हामीले न्यूनतम दुई सय भेडा राख्दा पुग्छ, तर कम्तीमा एक हजार भेडाका लागि चरण क्षेत्र पुग्ने भएकाले अब हामीले करिब पाँच सयसम्म भेडा पुर्याउने लक्ष्य लिएका छौँ।’


आनुवंशिक स्रोत केन्द्रले राष्ट्रियस्तरमा भेडाको उत्पादकत्व वृद्धि, संरक्षण, प्रवर्द्धनमार्फत स्थानीय जनताको जीवनस्तर उठाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।


केन्द्रमा विशेषगरी भेडापालन र भेडाको आनुवंशिक स्रोत संरक्षण तथा सुधारमा केन्द्रित रहे पनि स्थानीय कृषकको मागलाई ध्यानमा राख्दै गाईभैँसीमा प्राकृतिक प्रजनन सेवा उपलब्ध गराउने उद्देश्यले मुर्रा क्रस राँगो र जर्सी साँढेसमेत राखिएको छ ।


हालै किस्पाङ गाउँपालिकाका कार्यबाहक अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडा, लोकप्रिय गायक थानेश्वर गौतम, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य बुद्धि जिसी, राष्ट्रिय स्वतन्त्र पार्टीका किस्पाङ गाउँपालिकामा सभापति शिवप्रसाद भट्ट, किस्पाङ बहुप्राविधिक शिक्षालयका प्रमुख विनोद न्यौपाने र सञ्चारकर्मीसहितको टोलीले भेडा फार्मको अवलोकन गरेको थियो ।


भेडा फार्मलाई थप पर्यटीयक केन्द्र बनाउन र गाउँपालिकाका तर्फबाट आवश्यक पर्यटकीय पूर्वाधार विकासका लागि काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बताए।


स्थापनादेखि नै स्थानीय बरुवाल भेडाको नस्ल सुधार, उन्नत जातका भेडाको उत्पादन तथा कृषकलाई प्रजननयोग्य थुमा उपलब्ध गराउँदै आएको यस केन्द्र इतिहास राणाकालीन सरकारी गाईगोठसँग जोडिएको छ ।


भेडा विकास फार्म स्थापना हुनुअघि यस स्थानमा सरकारी गाईगोठ सञ्चालनमा थियो, जसलाई स्थानीय बासिन्दाले ‘राजाको गोठ’ पनि भन्ने गर्दथे । त्यहाँ पालिएका गाईबाट उत्पादित दूध, दही, मही र घ्यू काठमाडौँ दरबारमा पठाउने गरिन्थ्यो ।


तत्कालीन सरकार, कृषि मन्त्रालयले गाईगोठ हटाएर स्थानीय बरुवाल भेडाको नश्ल सुधार, मासु तथा ऊन उत्पादनमा वृद्धि गर्ने उद्देश्यले भेडा फार्म स्थापना गरेको थियो ।


फार्म स्थापना भएपछि राम्रो ऊन उत्पादन गर्ने विदेशी जातका भेडासँग स्थानीय बरुवाल भेडाको प्रजनन गराई वर्णशङ्कर पाठापाठी उत्पादन गर्ने तथा यससम्बन्धी अध्ययन–अनुसन्धान अघि बढाइएको थियो ।


विनासकारी भूकम्पपछिको पुनःनिर्माणपछि फार्मको नाम परिवर्तन गरेर भेडा आनुवांशिक स्रोत केन्द्र राखिएको हो । विसं २०२७/२८ ताका अष्ट्रेलियन पोलवर्थ र स्थानीय बरुवाल भेडाबीच क्रस प्रजनन गराई ५० प्रतिशत क्रस भेडा उत्पादन तथा विभिन्न अध्ययन–परीक्षण सुरु गरिएको थियो ।


त्यसक्रममा फार्मले क्रमशः उन्नत जातका भेडाको उत्पादन र वितरणलाई समेत प्राथमिकता दिएको थियो । विसं २०३० जेठ २६ गते तत्कालीन राजा वीरेन्द्र शाहले फार्मको अवलोकन भ्रमण गरी यसको विस्तारका लागि निर्देशन दिएपछि कार्यक्रम थप सक्रिय बनेको थियो ।


विंस २०३०/३१ देखि फार्ममा उत्पादित उन्नत जातका थुमा प्रजननका लागि स्थानीय किसान तथा देशका विभिन्न जिल्लामा वितरण गर्न थालिएको थियो ।


विंस २०३५/३६ मा विश्व बैंकको ऋण सहयोगमा रसुवा–नुवाकोट एकीकृत ग्रामीण विकास परियोजना सञ्चालनमा आएपछि फार्मको भौतिक पूर्वाधार विकाससँगै भेडाको नश्ल सुधार, अध्ययन–अनुसन्धान, उत्पादन तथा वितरणमा महत्वपूर्ण सहयोग पुगेको थियो ।


सोही परियोजनाअन्तर्गत २०३६ साल फागुनमा फ्रान्सबाट चार महिनाका आठ पाठी र दुई पाठा गरी १० वटा फ्रेन्च मेरिनो डार्ले जातका भेडा ल्याइएको थियो । अन्य जातको अपेक्षित वृद्धि र विकास हुन नसकेपछि हाल स्रोत केन्द्रमा भने बरुवाल भेडा मात्रै राख्न थालिएको छ । 

Kakani Khabar add

सम्बन्धित खबर

आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ । वि.सं. १८७१ साल असार २९...

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौँ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । 


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो ।  नेपाल विद्युत...

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

रसुवा । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ ।


बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति प...

विश्वकपको अनधिकृत प्रसारण गर्ने तयारीमा रहेका ३५ वेबसाइट र एप बन्द गर्न निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट र एपहरू तत्काल बन्द गर्न माेबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएकाे छ ।


विभिन्न पाइरेटेड...

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ ।


राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयास...

पीडितको पहिचान खुल्ने तस्बिर तथा भिडियो प्रकाशन नगर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाका पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अरु सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ ।


मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत पीडितक...