Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३८५ जनाको शव भेटियो

Main News Image
Kakani Khabar add

काठमाडौँ ।  भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ३८५ जनाको ज्यान गएको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव भेटिएको छ । नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९, रसुवामा १८५, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको हो । काठमाण्डौमा उपचारका क्रममा २ जनाको ज्यान गएको छ ।


प्राधिकरणका अनुसार अझै ५ हजार १३० जना सम्पर्कविहीन छन् । बाढीमा परेर ३३७ जना घाइते भएका छन् भने २६१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


अहिलेसम्म १३ हजार ६७६ जनाको उद्धार भएको छ । अहिले नुवाकोटका होल्डिङ सेन्टरमा २ हजार ६१५ जना, रसुवामा ७७५ र धादिङमा २९५ जना रहेका छन् ।


भोटेकोशी बाढीको आज १७औँ दिन खोज, उद्धार तथा राहतको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरू नियुक्त हुनुभएकाे हो ।


नवनियुक्त अध्यक्षद्व...

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाडौँ । एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार ११ ह...

नुवाकोट सुन चादी व्यवसायी संघमा नयाँ नेतृत्व, अध्यक्षमा पुनः बज्रचार्य

नुवाकोट । नुवाकोट सुन चादी व्यवसायी संघको शनिबार भएको साधारणसभा पश्चातको अधिवेशनले नया नेतृत्व चयन गरेको छ । 

बट्टाम भएको संघको १२ औ र १३ औ वार्षिक साधारणसभा पश्चात सम्पन्न चौथो जिल्ला अधिवेशनले पुनः अहिलेका अध्यक्ष भिमराज बज्रचार्यलाई...

रास्वपा नुवाकोट सभापतिमा युवा नेता रामेश्वर गजुरेल अत्याधिक मतले बिजयी

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला कार्यसमितिको प्रथम अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन भएको छ। शनिबार बट्टारमा सम्पन्न निर्वाचन प्रक्रियाबाट आगामी पाँच वर्षे कार्यकालका लागि जिल्ला कार्यसमिति औपचारिक रूपमा गठन गरिएको ह...

भोटेकोशी बाढी:१३ हजारभन्दा बढीको उद्धार, करिब पाँच हजार जना अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट हालसम्म एक हजार ३५५ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ११ बजे सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानबाट ती शव फेला परेका हुन्।

देशभर ९८ प्रतिशत धान रोपाइँ सकियो

काठमाडौँ । देशभर ९८ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागले देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको हो । यो गएको वर्षको तुलनामा १.९२ प्रतिशतले धेरै हो ।


विभागको तथ्याङ्कअनुसार देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ...