Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

Main News Image
Kakani Khabar add

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ ।


केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी एक हजार २९३ शव फेला परेको हो । घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । जसमध्ये एक जनाको टिचिङ अस्पताल र एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । 


फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरुष र ४५३ नखुलेको गरी जम्मा एक हजार ३० वटा शव व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका ८४६ गरी दुई हजार १०६ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । साथै पहिचान नभएका एक हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा पनि राखिएको प्रहरी प्रवक्ता काफ्ले जानकारी दिनुभयो । 


बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार ८९८ जनाको खोजी भइरहेको छ । यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा तीन हजार ६५५  व्यक्तिलाई राखिएको छ ।


प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने काम गरिरहेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

श्रम तथ्याङ्क संकलन गर्न देशभर चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालनमा

काठमाडौँ । श्रम बजार सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन गरेको छ ।


कार्यालयका अनुसार देशको कुल श्रमशक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था...

सरकारको अनुमतिपछि सुरुङको उद्धारमा खटियो भारतीय र चिनियाँ टोली

काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवाको माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ ।


सरकारको अनुमतिमा ६ जना चिनियाँ विज्ञ खटाएको प्रधान...

आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ । वि.सं. १८७१ साल असार २९...

‘जनताका निराशा बेचेर स्वार्थको रोटी सेक्नेहरूबाट देश बन्दैन’

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। यसै सन्दर्भमा मोरङ क्षेत्र नम्बर ४ यतिबेला निकै चर्चामा छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे चुनावी मैदानमा छन् । विद्यार्थी राजनीतिबाट उदाएका घिमिरे वैचारिक र प्रखर व...

मनसुनजन्य विपद‍्बारे राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौँ । मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।


नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले सं...

मिटरब्याजसम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


आज बसेको मन्त्रिपरिषद् बैठकले ‘अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन ग...