Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

Main News Image
Kakani Khabar add

काठमाडौँ । एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार ११ हजार ३७९ जनाको उद्धार भएको हो । ३ हजार ९२५ व्यक्ति सम्पर्कविहीन रहेका छन् । सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट ६३९ जना सम्पर्कविहीन भएका प्राधिकरणले जनाएको छ । 


अहिलेसम्म ९३९ जनाको शव भेटिएको छ । रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । 


खोज तथा उद्धारमा २१ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । प्राधिकरणका अनुसार खोज, उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

अध्यक्ष अधिकारीको महिला सशक्तीकरण अभियान जारी, दुई आमा समूहलाई डेढ लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले महिला सशक्तीकरण अभियानलाई निरन्तरता दिँदै वडा नम्बर १ का दुई आमा समूहलाई नगद तथा सामग्री सहयोग हस्तान्तरण गर्नुभएको छ ।


आज आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले तल्लोहिले...

विश्वकप फुटबलमा आज राति फ्रान्स र स्पेन खेल्दै

काठमाडौँ । विश्वकप फुटबलमा आज रातिदेखि सेमिफाइनलका खेल शुरु हुँदैछ । 


फिफा वरियताका शीर्ष चार देश सेमिफाइनलमा पुगेका छन् । आज राति पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन् । फ्रान्स र स्पेनबीचको खेल मध्यराति पौने १ ब...

नेपालले अमेरिकालाई ९ विकेटले हरायो

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा १ विकेट गुमाएर भेटाएको हो ।


नेपालका कुशल भुर्तेलले शतकसहित १...

बारा घटनामा संलग्न किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ

काठमाडौँ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् । किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

...

सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।


त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वय...

स्टार नुवाकोट अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा सम्पन्न

नुवाकोट । स्टार नुवाकोट अस्पताल प्रा.लि., विदुर–२, नुवाकोटमा अर्थोपेडिक (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ) सर्जन डा. सन्देश महर्जन रामद्वारा विशेष विशेषज्ञ ओपिडी सेवा सञ्चालन गरिएको छ ।


नियमित रूपमा प्रत्येक शनिबार विशेषज्ञ ओपिडी से...