Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

Main News Image
Kakani Khabar add

काठमाडौँ । एक हप्ताअघि गएको बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएका छन् ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदनअनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ ।


यस्तै धादिङ, गोरखा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ । प्राधिकरणको पछिल्लो जानकारीअनुसार बाढीका कारण अहिलेसम्म १ हजार ५० जनाको ज्यान गएको पुष्टि भएको छ । ३ हजार ९१६ जना सम्पर्कविहीन छन् ।


अहिलेसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ ।  हेलिकोप्टरबाट ४ हजारभन्दा धेरैको उद्धार गरिएको छ । खोज तथा उद्धारमा २१ ह्जारभन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ ।


खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको छ । प्राधिकरणका अनुसार विभिन्न स्वास्थ्य संस्थामा २९२ जना घाइतेको उपचार भएकामा १८२ जना डिस्चार्ज भइसकेका छन् । बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयमा पढ्ने ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन् ।


८ विद्यालय पूर्ण र ८ आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् भने ३ वटा मात्र सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ । रसुवाको स्याफ्रुबेंसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क रसुवागढी र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त बनेको प्राधिकरणले जनाएको छ । गल्छीको बैरेनी अस्पताल र चरौंदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको छ ।


भोटेकोशी बाढीले ४१ पक्की पुल पूर्ण रूपमा बगाएको र थप ४ पुलमा क्षति पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ । नुवाकोटमा मात्रै १ हजार २ सय ६७ घर पूर्ण र १ हजार २ सय ५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । भोटेकोशी–त्रिशूली करिडोरको बाढी प्रभावित क्षेत्रमा ४ हजार ६ सय ८९ भवन जोखिममा परेको प्रारम्भिक अनुमान छ ।


रसुवाको अति प्रभावित गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३ हजार ७ सय २ घरधुरीका १४ हजार ४ सय ६१ नागरिक प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । उनीहरू सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भई अलपत्र अवस्थामा रहेका छन् ।


रसुवागढी, रसुवा–भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली–२, माथिल्लो त्रिशूली–१, मैलुङखोला, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मध्य त्रिशूली गंगा नदी, त्रिशूली, देवीघाट र सुपर त्रिशूलीलगायत जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म एक हजार ११४ जनाको मृत्यु भएको जनाएको छ ।


प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । प्राधिकरणका...

मुस्ताङमा सशस्त्र प्रहरी बलले समातेका ‘बीवाइडी’ गाडी फुकुवा

काठमाडौँ ।  मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरीले समातेका ‘बीवाइडी’ कम्पनीको चिनियाँ विद्युतीय गाडी फुकुवा गरिएको छ ।


सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिइएका ती गाडी अस्ति आइतबार बेलुकादेखि फुकुव...

राष्ट्रियसभा उपाध्यक्षको चुनाव चैत २३ गते

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदको चुनाव चैत २३ गते सोमवार हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठकमा चुनावको मिति तोक्नुभएको हो । उहाँले चुनाव कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न सङ्घीय संसद्का महासचिव पद्मप्रसा...

दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट)को बढ्दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै १५ सय वटा राहदानी छपाइ तथा जारी गर्न थालेको जनाएको छ ।


विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेप...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन् । यहाँको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमितरुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् ।


नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवा...

बेलकोटगढीमा युवा लक्षित कार्यक्रम प्राथमिकतामा, २५ जना युवालाई बारिष्ता तालिम

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले ‘युवा लक्षित कार्यक्रम’लाई प्राथमिकता दिँदै सिपमूलक तालिम सञ्चालनमा ल्याएको छ । युवालाई शिक्षासँगै व्यवहारिक सिप प्रदान गरी उद्यमशीलतामा जोड दिने उद्देश्यले नगरपालिकाले पहिलो चरणमा २५ जना युवालाई सहभागी गरा...