Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

Main News Image
Kakani Khabar add

रसुवा । भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ ।


गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको हो ।


अहिलेसम्म १२९ विदेशी नागरिकसहित चार हजार ४५१ जनाको उद्धार गरिएको छ । त्यसमध्ये जलविद्युतको सुरुङबाट १९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै बाढीमा परेर १ हजार ९२४ जना सम्पर्कविहीन छन् ।


नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका १५ जना सम्पर्कविहीन छन् । ५१७ जना विदेशी नागरिक पनि सम्पर्कमा छैनन् । ९५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।


खोज तथा उद्धारको लागि १५ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । आज पनि खोज, उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिइने सरकारले जनाएको छ ।


खोज त था उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका गरी १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । तर जंगल र अप्ठ्यारो भूबनोट भएका ठाउँमा अलपत्र परेकाहरुको उद्धार हुन नसकेको गुनासो छ ।

Kakani Khabar add

सम्बन्धित खबर

शुक्रबार तोलामै साढे १० हजार रुपैयाँले घटेको सुनको भाउ आज बढ्यो

काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । 


यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँले घटेको थियो । शुक्रबार सुन तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज आइतबार...

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौँ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको ज...

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

काठमाडौँ । आउँदो वैशाख २ गतेदेखि शुरू हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रमा छपाइ भएका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्‍याउने काम भइरहेको छ । केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण शुरू गरेकोमा पाँच दिनमा २५ ला...

केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आं...

नागढुङ्गा–नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग’ आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ । 


नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो हप्तासम्म...

सर्पदंश र रेबिजविरुद्धको खोप भित्रियो

काठमाडौँ । स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंश र रेबिजविरुद्धको खोप आएको छ ।


स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले सर्पदंश र रेबिजविरुद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो...