Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

Main News Image
Kakani Khabar add

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्ममा ५३८ जनाको शव फेला परेको हो ।


धेरैजसाे शवहरू चितवन, नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा नारायणी नदी किनारमा फेला परेका छन् । प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, चितवनमा २२१, तनहुँमा २८, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २२१ जनाको शव भेटिएको छ । धेरैजसो शवहरू नदीमा बगेर तल पुगेका हुन् ।


अस्ति बुधवार रसुवामा बाढी आएको भोटेकोशी नदीलाई अलि तल पुगेपछि त्रिशूली भनिन्छ । त्रिशूली नदी रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँलाई छुँदै देवघाटसम्म पुग्छ । तनहुँ हुँदै आएको कालीगण्डकी नदी मिसिएपछि नारायणी नदी बन्छ । नारायणी नदी चितवन र नवलपरासी हुँदै भारततिर जान्छ ।

Kakani Khabar add

सम्बन्धित खबर

सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका ७ सय ७९ वटा विद्युतीय गाडीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभा...

बदेलको आक्रमणबाट मकैबालीमा ठूलो क्षति, प्रभावित किसानलाई क्षतिपूर्तिका लागि पहल गरिने

नुवाकोट । सूर्यगढी गाउँपालिका वडा नं. १ अन्तर्गत लच्याङ, ठाइनाङ, पाखु लगायतका विभिन्न स्थानमा बदेलको आक्रमणबाट किसानहरूले लगाएको मकैबालीमा उल्लेखनीय क्षति पुगेको छ।

मकै पाक्ने बेला पुगेका बालीमा बदेलले व्यापक क्षति पुर्‍याएपछि वडा नं. १ का अ...

तीनपिप्ले–गल्छी सडकको स्तरोन्नतिको माग गर्दै काठमाडौमा धर्ना

काठमाडौं । ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिकाका स्थानीय नागरिकहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गर...

ओली पक्राउ परेको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौँ ।  पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले आज पनि विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।


पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला कमिटीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनुक...

कलेरीडाँडामा सीप सिकाइ केन्द्र उद्घाटन, आमा समूहलाई चार लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल' ले वडा नम्बर ५ स्थित कलेरीडाँडामा निर्माण सम्पन्न भएको गाउँपालिका स्तरीय सीप सिकाइ केन्द्रको उद्घाटन गर्नुभएको छ ।

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ ।


चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज आकस्मिकबाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि उक्त मन्त्र...