Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

Main News Image
Kakani Khabar add

काठमाडौँ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । 


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो ।  नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो । 


यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ । समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता र वित्तविज्ञहरू सदस्य हुनुहुन्छ ।


अपराह्न ४ः०० बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ । संयोजक शाहीले हाल वर्षायाममा उत्पादित विद्युत् बढी भई खेर गइरहेको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन गर्न लागिएको जानकारी दिनुभयो ।


वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक नोक्सानी व्यहोर्नु परिरहेको जनाउँदै उहाँले ‘सिजनल ट्यारिफ’ मार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढाइने बताउनुभयो । 


सञ्चालक समिति सदस्य शाहीकाअनुसार उद्योगहरूलाई पनि सहुलियत दिने तयारी छ । उद्योगलाई वर्षायामको बिजुली सस्तो बनाउँदा उनीहरूले उत्पादन गर्ने सामानहरू उपभोक्तालाई कति सस्तोमा दिन सक्छ भनेर समन्वय पनि भइरहेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

२४ वर्षपछि फ्रान्स र सेनेगल आमनेसामने हुँदै

काठमाडौँ ।  फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दाबेदार फ्रान्स र सेनेगल खेल्दैछन् । समूह ‘आई’ को यो खेल राति पौने १ बजे अमेरिकाको न्यु योर्क न्यु जर्सी रङ्गशालामा शुरू हुनेछ ।


फ्रान्सले सन् १९९८ र २०१८ मा गरी दुई पटक...

आज घर-घरमा नागको पूजा गरेर नागपञ्चमी मनाइँदै

काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।


हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण...

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

काठमाडौँ । अबको तीन दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र तराई भूभागको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ ।


यस्...

राष्ट्रियसभा उपाध्यक्षको चुनाव चैत २३ गते

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदको चुनाव चैत २३ गते सोमवार हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठकमा चुनावको मिति तोक्नुभएको हो । उहाँले चुनाव कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न सङ्घीय संसद्का महासचिव पद्मप्रसा...

बालेन शाहले शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा प्रधानमन्त्रीको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनका लागि पर्सि शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइत तय भएको छ ।


शाहको सचिवालयकाअनुसार शुक्रवार दिउँस...

आज र भोलि मुसलधारे वर्षाको सम्भावना

काठमाडौँ । आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेको र...