Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

चालु आर्थिक वर्षको अन्तिम दिनसम्म ७८ प्रतिशत बजेट खर्च

Main News Image
Kakani Khabar add

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल विनियोजित बजेटको ७८ प्रतिशत मात्र खर्च गरेको छ । 


अन्तिम दिन हिजो असार २४ गतेसम्म सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ मात्रै खर्च गरेको हो । चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्नुभएको थियो । त्यसपछि अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल र हालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले पनि अपेक्षाअनुसार खर्च हुन सकेन । 


विशेष गरी विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च अत्यन्त न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएकोमा असार २४ गतेसम्म १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल विनियोजित पुँजीगत बजेटको करिब ४० प्रतिशत मात्र हो । चालु खर्चतर्फ भने अपेक्षाकृत उच्च प्रगति देखिएको छ । 


सरकारले चालुतर्फ विनियोजन गरेको ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँमध्ये १० खर्ब ३० अर्ब ४२ करोड ८४ लाख रुपैयाँ खर्च गरेको छ, जुन कुल विनियोजनको ८७.२५ प्रतिशत हो । चालु खर्चमा मुख्यतः कर्मचारीको तलब–भत्ता, प्रशासनिक खर्च तथा नियमित सरकारी दायित्वहरू समावेश हुने भएकाले यो शीर्षकमा खर्च सामान्यतया उच्च रहने गर्छ । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ सरकारले उल्लेखनीय प्रगति गरेको छ ।


बजेट घाटा व्यवस्थापन तथा आन्तरिक र बाह्य ऋण परिचालनका लागि ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँको लक्ष्य राखिएकोमा असार २४ गतेसम्म ३ खर्ब ३८ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ व्यवस्थापन गरिएको छ । यो लक्ष्यको ९०.१७ प्रतिशत हो । चालु आर्थिक वर्षमा कुल बजेट खर्च सन्तोषजनक हुन नसकेको देखिन्छ । 


विशेष गरी विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित पुँजीगत खर्च ४० प्रतिशतमै सीमित रहँदा सरकारी आयोजनाको कार्यान्वयन र आर्थिक गतिविधिमा अपेक्षित गति आउन नसकेको संकेत देखिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

श्रम तथ्याङ्क संकलन गर्न देशभर चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालनमा

काठमाडौँ । श्रम बजार सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन गरेको छ ।


कार्यालयका अनुसार देशको कुल श्रमशक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था...

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्यधिक रकम असुली तथा गैरकानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीडित श्रमिकलाई सहजरूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ ।


युवा, श्रम तथा र...

आज हरिशयनी एकादशी मनाइँदै

काठमाडौँ । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ ।


सना...

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।


मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएक...

किस्पाङमा निःशुल्क आँखा जाँच शिविर, २०१ जनाको आँखा परीक्षण

नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा, तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा किस्पाङ गाउँपालिका–२ स्थित सातदोबाटोमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ...

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

काठमाडौँ । सरकारले जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि रु ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।


अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्ध...