Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

Main News Image
Kakani Khabar add

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएर २१ खर्ब २० अर्ब ८० करोड पुगेको हो । 


राष्ट्र बैंकका अनुसार चालु आवको जेठमा मात्रै रु दुई खर्ब तीन अर्ब ८९ करोड रकम रेमिट्यान्सबापत भित्रिएको छ । जबकि गत आवको जेठमा भने विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड रहेको थियो ।

 

केन्द्रीय बैंकमा समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षमा भने यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको  नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।


मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएक...

पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो । निगम सञ्चालक समि...

बदेलको आक्रमणबाट मकैबालीमा ठूलो क्षति, प्रभावित किसानलाई क्षतिपूर्तिका लागि पहल गरिने

नुवाकोट । सूर्यगढी गाउँपालिका वडा नं. १ अन्तर्गत लच्याङ, ठाइनाङ, पाखु लगायतका विभिन्न स्थानमा बदेलको आक्रमणबाट किसानहरूले लगाएको मकैबालीमा उल्लेखनीय क्षति पुगेको छ।

मकै पाक्ने बेला पुगेका बालीमा बदेलले व्यापक क्षति पुर्‍याएपछि वडा नं. १ का अ...

गृहमन्त्री गुरुङद्वारा ३ वटा अध्यादेश पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्नुभएको छ ।


सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत गृहमन्त्री गुरुङले ‘नागरिकतास...

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ ।


भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशत...

सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।


त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वय...