Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

चुनाव स्थगित गर्न एन्फालाई राखेपको निर्देशन

Main News Image
Kakani Khabar add

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई चुनाव स्थगित गर्न निर्देशन दिएको छ ।


राखेपका सङ्घ–संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फालाई पत्र लेख्दै चैत १३ गते आउँदो शुक्रवार झापामा हुन लागेको केन्द्रीय कार्यसमितिको चुनाव स्थगित गर्ने निर्देशन दिनुभएको हो ।


राखेपले चुनावका लागि स्वीकृति नभएको भन्दै स्थगित गरी तीन दिनभित्र त्यसको लिखित जानकारी गराउन पनि निर्देशन दिएको छ । निर्देशन पालना नगरि प्रक्रिया अघि बढाएमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम कारबाही हुने पत्रमा उल्लेख छ ।


यसैबीच पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन थालेसँगै एन्फाको आयोजनामा सञ्चालन भइरहेको पुरुष र महिला दुवै लिग स्थगित भएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदाे असोजमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज ८ गतेदेखि १७ गतेसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ ।

<...