Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

चौतारागाउँदेखि आँपचौरसम्म 'एक घर एक धारा' सञ्चालन, नपुगेका बस्ती समेट्न १ करोड बजेट बिनियोजन

Main News Image
Kakani Khabar add

नुवाकोट । तारकेश्वर गाउपालिकाको 'गौरवको आयोजना'को रूपमा रहेको जोरघट्ट खानेपानी आयोजना अन्तर्गत चौतारागाउँ, सातदोबाटो, धैरिनी, आँपचौर लगायत गाउँमा 'एक घर एक धारा' निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । 


गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल'ले केही घरहरूमा उचाइका कारण पानी चढन नसकेको जानकारी आएकाले ती घरहरूका लागि वैकल्पिक उपायको खोजी गरी पानी सञ्चालन हुने व्यवस्था मिलाउन निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।


लामो समयदेखि खानेपानीको चरम अभावबाट गुज्रिएको तारकेश्वर गाउपालिकाको वडा नम्बर २ र ३ का ६५० भन्दा बढी घरधुरीलाई जसरी पनि पानी खुवाउने संकल्प गर्नुभएका अध्यक्ष अधिकारीले आफू अध्यक्ष भएको तीन महिनाभित्रै जोरघट्ट मुहानबाट पानी ल्याएर पुरानै ट्याङ्की र पाइपलाइनको संरचनाबाट घरघरमा पानी वितरण गर्नुभएको थियो । 


तत्पश्चात्, आयोजनाको दोस्रो चरणका रुपमा नयाँ पाइपलाइनहरूको निर्माण र एक घर एक धारा निर्माण कार्य अघि बढाइएको थियो । 


अहिले वडा नम्बर ३ को चन्दनीस्थित वितरण ट्याङ्कीबाट वडा नम्बर २ को आरुबोटेसम्म नयाँ पाइपलाइनको निर्माण भइसकेको छ    । 


बहुवर्षीय आयोजनाका रूपमा क्रमिक रुपमा नयाँ पाइपलाइन निर्माण र एक घर एक धारा निर्माणको काम अघि बढिरहेको छ । 


गाउपालिका अध्यक्ष अधिकारीले प्रदेश सरकारसँग माग गर्ने विशेष अनुदान अन्तर्गत आगामी आर्थिक वर्षका लागि रु १ करोड २ लाख बजेट विनियोजन भइसकेको जानकारी दिलै खानेपानी पुग्न बाँकी रहेका गाउँहरूमा 'एक घर एक धारा' निर्माणको कार्य तीव्र रतिमा अघि बढ्ने बताउनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।



बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोवि...

देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सातबुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच सातबुँदे सम्झौता भएको छ।


सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्न...

SEE परीक्षाको नतिजा कमजोर आएपछि तारकेश्वरका अध्यक्षबाट सातबुँदे निर्देशन

नुवाकोट । शैक्षिक सुधारका लागि विभिन्न प्रयास भइरहेका बेला यस वर्षको SEE परीक्षाको नतिजा अपेक्षाअनुसार आउन नसकेपछि नुवाकोटको तारकेश्वर गाउँपालिकाले विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न सक्रियता बढाएको छ ।


गाउँपालिका अध्यक्ष तथा...

नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

काठमाडौँ । नेपाल टेलिकमको हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने सेवा सञ्चालनमा आएको छ ।


डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार यो स...

पश्चिम तराईमा मधेशवादी दल अस्तित्वको संघर्षमा

मधेश आन्दोलनको मर्म कमजोर बन्दै जाँदा एकातिर राष्ट्रिय आयतनका ठूला पार्टीहरूले नै मधेशी समुदायका उम्मेदवारको संख्या घटाउन थालेका छन्, अर्कातिर मधेशवा...

तारकेश्वरमा जनप्रतिनिधि र कर्मचारीले बालबच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सरकारी सेवा एंव सुविधा लिनेले आफ्नो सन्तानलाई अनिर्वाय रुपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने भएको छ ।

आज बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले गर्नु भएको प्रस्ता...