Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

Main News Image
Kakani Khabar add

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

 

भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए । यही भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनएलगायत जैविक नमूना सङ्कलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव सङ्कलन गरिएको छ । तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन् । सङ्कलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका र १२६ पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन् ।


उहाँले  भविष्यमा पहिचान गर्न सकिने गरी अन्तरराष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा ती शवको व्यवस्थापन गरिएको बताउनुभयो । भदौ १३ गते ९६ शव, भदौ १४ गते १०३ शव र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको हो ।


प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी रहेको बताउनुभयो । नदीबाट फेला परेका शव भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण र डिएनए नमूना सङ्कलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको उहाँले जानकारी दिनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?

भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो...

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

काठमाडौँ । देवघाटकाे त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ मा रहेकाे चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।


भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न...

दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट)को बढ्दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै १५ सय वटा राहदानी छपाइ तथा जारी गर्न थालेको जनाएको छ ।


विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेप...

विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दै

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ । नेपाल र भारतका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराधसम्बन्धी सूचना नियमितरूपमा आदानप्रदान गर्न सहमति जनाएका छन् ।


महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्...

अमेरिकालाई ७ रनले हराउँदै नेपाल ‘ए’ को ‘क्लिन स्वीप’

काठमाडौँ । एकदिवसीय अभ्यास शृङ्खलामा नेपालको ‘ए’ टोलीले ‘क्लिन स्वीप’ गरेको छ । माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ७ रनले हरायो ।


नेपाल ‘ए’ ले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९...