Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

ढुङ्गाना र शाह 'उत्कृष्ट कर्मचारी'को रुपमा सम्मानित

Main News Image
Kakani Khabar add

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत उज्वल ढुङ्गानासोनुकुमार शाह उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुनुभएको छ । नगरपालिकाको दोश्रो अधिवेशनको आठौँ नगरसभाको अवसर बनाई पछिल्लो एक आर्थिक वर्षको अवधिमा पालिकाभित्र कार्यरत कर्मचारी मध्ये सेवा प्रवाहमा उत्कृष्ट योगदान पुराएको भन्दै सहायक कम्युटर अप्रेटर उज्वल ढुङ्गाना र अ.सव ईञ्जिनियर सोनुकुमार यादबलाई नगद १० हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

उत्कृष्ट हुनुभएका कर्मचारीद्धयलाई नगरसभाको खुला सत्रमा आयोजित कार्यक्रममा नगरप्रमुख तथा सभाध्यक्ष जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे लगायत कार्यक्रममा सहभागी अतिथीहरुबाट सयुक्त रुपमा सम्मान गरिएको हो ।

उहाँहरुलाई नगद रुपैयाँ सहित प्रदान गरिएको सम्मान पत्रमा उल्लेख गरिएको विवरण निम्न अनुसार रहेको छ:

"बेलकोटगढी नगरपालिकाले नगर सेवामा तपाईँले देखाउनुभएको इमान्दारिता, लगनशीलता, समयपालन र उत्कृष्ट कार्यसम्पादनलाई उच्च मूल्याङ्कन गर्दै पुरस्कार स्वरूप नगद रु १०,००० (दश हजार रुपैयाँ मात्र) सहित यो सम्मान–पत्र प्रदान गरिएको छ। तपाईँको योगदानले नगरपालिकाको सेवा स्तरलाई उचाइमा पुर्‍याएको छ र अन्य कर्मचारीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। नगर सेवामा तपाईँको समर्पण र निष्ठा प्रशंसनीय छ।
बेलकोटगढी नगरपालिका तपाईँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ उत्कृष्ट कार्यसम्पादनको शुभकामना व्यक्त गर्दछ।"

 

Kakani Khabar add

सम्बन्धित खबर

दुई दाजुभाइ हत्या गरिएको अवस्थामा शव फेला

त्रिशूली (नुवाकोट), ३० वैशाख : यहाँको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर खोलामा लुकाएको अवस्थामा आज शव फेला परेको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर...

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौँ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको ज...

यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने

१९ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई फेब्रुअरी २८ पछि ‘ओभरस्टे’ भए पनि जरिबाना नलाग्ने भएको छ । यूएईस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै भिसाको म्याद सकिएर यूएईमै बस्नु परेका (ओभरस्टे) नेपालीहरूलाई जरिबाना...

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाण्डौले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।


न्यायाधीश आनन्दप्रसाद...

ओली पक्राउ परेको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौँ ।  पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले आज पनि विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।


पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला कमिटीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनुक...

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खसेपछि सडक अवरुद्ध छ ।


चितवनको इच्छाकामना गाउँपालिका–७ मा आज बिहान पौने ९ बजे पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाडी बन्द छ...