Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

गोर्स्याङ–निग्लेनी–दाङसिङ सडक कालोपत्रेका लागि थप रु. ६ करोड ९२ लाख बजेट विनियोजन

Main News Image
Kakani Khabar add

नुवाकोट, असार ६ । तारकेश्वर गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने मुख्य सडक गोर्स्याङ–निग्लेनी–दाङसिङ सडक को ढलान तथा कालोपत्रेसहित स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट दुई शीर्षकमा गरी रु. ६ करोड ९२ लाख बजेट विनियोजन गरिएको छ।


तारकेश्वर गाउँपालिकाले प्राथमिकताका साथ माग गरेको बजेट पूर्ण रूपमा प्राप्त नभए पनि विनियोजित रकम सन्तोषजनक रहेको गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले बताउनुभएको छ।


उहाँका अनुसार उक्त सडकको स्तरोन्नतिले तारकेश्वर गाउँपालिका र जिल्ला सदरमुकामबीचको यातायात पहुँच थप सहज र सुरक्षित बन्ने अपेक्षा गरिएको छ।


यसका लागि बजेट विनियोजनमा सहयोग पुर्‍याएको भन्दै अध्यक्ष अधिकारीले बागमती प्रदेश सरकार तथा विशेष गरी पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य बहादुरसिंह लामा प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।

Kakani Khabar add

सम्बन्धित खबर

SEE परीक्षाको नतिजा कमजोर आएपछि तारकेश्वरका अध्यक्षबाट सातबुँदे निर्देशन

नुवाकोट । शैक्षिक सुधारका लागि विभिन्न प्रयास भइरहेका बेला यस वर्षको SEE परीक्षाको नतिजा अपेक्षाअनुसार आउन नसकेपछि नुवाकोटको तारकेश्वर गाउँपालिकाले विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न सक्रियता बढाएको छ ।


गाउँपालिका अध्यक्ष तथा...

निजी मिडियामा सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौँ । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ ।


सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडि...

मंगलबार पनि काठमाडौं निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

१९ फागुन, काठमाडौं । मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्...

नेपालले अमेरिकालाई ९ विकेटले हरायो

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा १ विकेट गुमाएर भेटाएको हो ।


नेपालका कुशल भुर्तेलले शतकसहित १...

मिटरब्याजसम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


आज बसेको मन्त्रिपरिषद् बैठकले ‘अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन ग...

प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न पाइँदैन ?

काठमाडौँ । प्रतिनिधिसभा नियमावलीको मस्यौदा समितिले आफ्नो प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाएको छ । प्रतिनिधिसभाको बैठकले गएको चैत २३ गते गठन गरेको रास्वपाका सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले आज नियमावलीको मस्यौदा बुझाएको हो ।