Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु

Main News Image
Kakani Khabar add

रसुवा । जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउनेक्रममा ११ वटा उपसमिति गठन भई व्यवस्थापकीय काम सुरु भएको छ ।


लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा सरसफाइ तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार–प्रसार, यातायात व्यवस्थापन, आर्थिक, समन्वय तथा आन्तरिक व्यवस्थापन, सुरक्षा, दररेट निर्धारण समितिलगायत ११ वटा समेत गठन भएसँगै तयारीको काम सुरु भएको हो ।  


निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा लाग्ने प्रसिद्ध धार्मिक तीर्थ गोसाइँकुण्ड मेला भर्न आउने श्रद्धालु भक्तजनको यात्रा सहज, सफल र सुरक्षित बनाउने उद्देश्यले गठन भएका उपसमितिहरूले काम सुरु गरेका छन् । यसैगरी स्थानीय तह र समुदाय, सुरक्षा निकाय, स्वास्थ्य संस्थाबीच समन्वयसहित सहकार्य भइरहेको छ ।


धार्मिक पैदलमार्गको मर्मतसम्भार तथा सरसफाइ, होटल तथा लजको सुदृढीकरण, खाना–नास्ता र खानेपानीको व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालनसहित उद्धार तथा राहत व्यवस्थापनसँग सम्बन्धित काम अघि बढेको गोसाइँकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष दावा सिदार तामाङले जानकारी दिनुभयो । लेक लाग्ने समस्यालाई मध्यनजर गर्दै अक्सिजनसहितको चिकित्सक टोली गोसाइँकुण्डमा तैनाथ गरिने भएको छ ।  


हिमालय उद्धार सङ्घका कार्यकारी निर्देशक गोविन्द बत्यालका अनुसार स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गोसाइँकुण्ड क्षेत्र विकास समिति, सञ्चारकर्मी तथा नागरिक समाजसँगको समन्वयमा स्वास्थ्य उपचार तथा उद्धार, सुरक्षा, प्रचारप्रसारलगायतका काम गरिने छ ।


गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले मौसममा आउने प्रतिकूलताका आधारमा कुनै तीर्थयात्री गम्भीर बिरामी परेमा सम्भव हुनेमा सवारीसाधन र त्यसबाट नभए हेलिकोप्टर समेत प्रयोग गरी निःशुल्क रुपमा बिरामीको उद्धार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


समुद्री सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा अवस्थित पवित्र गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन स्नान, पूजा र दर्शन गर्नाले सम्पूर्ण देवदेवताको एकैसाथ दर्शन गरी पुण्य प्राप्त हुने धार्मिक विश्वाससहित नेपाल तथा भारतलगायत विभिन्न स्थानबाट उल्लेख्य सङ्ख्यका भक्तजन हरेक वर्ष गोसाइँकुण्ड पुग्ने गरेका छन् ।


काठमाडौँबाट यात्रा सुरु गरी पहिलो दिन रसुवाको देउराली र दोस्रो दिन गोसाइँकुण्ड पुग्न सकिने भएकाले गोसाइँकुण्ड प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित भई पहिलो रोजाइमा परेको भक्तजन सोनाम ग्याल्वो घलेले जानकारी दिनुभयो ।


मेला नजिकिँदै जाँदा स्थानीय होटल तथा व्यवसायीहरूले खाद्यान्न, दैनिक उपभोग्य सामग्री र आवश्यक सामान  ढुवानी सुरु गरिसकेका छन् । होटल व्यवसायी पासाङ घ्युर्मी तामाङका अनुसार तीर्थयात्रीको चापलाई ध्यानमा राखी खाद्य सामग्रीको पर्याप्त व्यवस्थाका लागि ढुवानी कार्य सुरु भइसकेको  छ । पैदल मार्गमा २०० वटा (थर्कु) छाप्रा बनाउने काम सुरु भएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।


धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र हिमाली सभ्यताको अनुपम सङ्गमका रूपमा परिचित गोसाइँकुण्डमा यस वर्ष पनि हजारौँ श्रद्धालुको उपस्थिति रहने अपेक्षा गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो ।


यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले गोसाइँकुण्ड मेला भर्न आउने यात्रुलाई आवश्यक सुरक्षा एवं उद्धारको आवश्यक व्यवस्था गरिएकाले निर्धक्क भई यात्रा गर्न अनुरोध गर्नुभएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

नुवाकोट सुन चादी व्यवसायी संघमा नयाँ नेतृत्व, अध्यक्षमा पुनः बज्रचार्य

नुवाकोट । नुवाकोट सुन चादी व्यवसायी संघको शनिबार भएको साधारणसभा पश्चातको अधिवेशनले नया नेतृत्व चयन गरेको छ । 

बट्टाम भएको संघको १२ औ र १३ औ वार्षिक साधारणसभा पश्चात सम्पन्न चौथो जिल्ला अधिवेशनले पुनः अहिलेका अध्यक्ष भिमराज बज्रचार्यलाई...

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

काठमाडौँ । सङ्घीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ ।


‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी आफ्नो क्षे...

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः शुरू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।


राष्ट्रिय परिचय...

बागमती प्रदेशमा ५७ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न

काठमाडौँ । बागमती प्रदेशमा असार अन्तिम सातासम्ममा ५७ प्रतिशत भन्दाबढी धान रोपाइँ सम्पन्न भएको छ । 


बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अन्तिम साता (२६ गते) सम्ममा कुल क्षेत्रफलको ५७.२३ प्रतिशत धान रोपाइ...

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरू नियुक्त हुनुभएकाे हो ।


नवनियुक्त अध्यक्षद्व...

दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट)को बढ्दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै १५ सय वटा राहदानी छपाइ तथा जारी गर्न थालेको जनाएको छ ।


विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेप...